सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीलाई ठूलो सफलता, यसरी भयो १८ किलो सुन बरामद

बाँके । नेपाल प्रहरीले ठूलो सफलता हात पारेको छ । उसले १८ किलो सुन र २ जना तस्करलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन जफत गरेको हो ।

सीआइबीका एसपी सुदिप गिरि, कैलालीका एसपी आभुषण तिम्सिना, अपराध महाशाखाका डीएसपी रुगम कुँवर जिप्रका कंचनपुर मातहतको संयुक्त टोलीले सुन जफत गरेको हो । एसपी गिरी र डिएसपी कुँवर निर्मला पन्त हत्या अनुसन्धानका लागि थिए ।

यसरी भयो सुन बरामद

कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ हुइँकियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर पनि खटिएका थिए ।

निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेको यो प्रहरी टोलीले सुनबारे सुराक पाएको थियो । जब दिउँसो प्रहरी टोलीले शंकास्पद घरमा गएर छापा हान्यो, सुरुमा त केही भेटिएन । तर, एउटा कोठामा स्टोर गरिएको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो देखियो । त्यसपछि प्रहरी त्यहाँ खन्न थाल्यो ।

केहीवेरमै प्रहरीले त्यहाँ सेतो प्लाष्टिकको बोरा फेला र्पायो, जसमा सुनका १८ वटा बिस्कुट थिए । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो । कपडाको पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन भारतबाट ल्याइएको देखाएको छ । घटनामा संलग्न एक जना पक्राउ परेका छन् । थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार १७:४१