पोखराको न्युरोडमा बागमती फ्लावरमा स्कुटरमा गएकी म टक्क रोकिन पुगे, पसलमा छिर्न मन लाग्यो फुलहरुले सजिसजाउ पसल, दुईजना श्रीमान श्रीमती फुल बेच्नमै ब्यस्त थिए । उनीहरुको ब्यस्तताले देख्दा कुनै प्रश्न गरौं वा नगरौं दोधारमा परे । तै पनि सोध्न मन लाग्यो, यस पटक भ्यालेन्टाइन डे मा फुलको माग के छ दाइ ? उनी भन्छन्, ए बैनी, सधैंजस्तै माग छ नि, उनले मुखमा नहेरी जवाफ दिए । फुल कति ल्याउनुभएको छ नि ? ठिकै ल्याएका छौं बैनी कति बेच्नुहुन्छ, मैले दुई चारवटा प्रश्न गर्दै गए दाइले फुल प्याक गर्दै उत्तर दिँदै जानुभयो । मसँग बोल्ने समय फुर्सद पनि थिएन् । उनीसँग प्रत्येक ब्यक्तिको हृदयमा प्रेम हुन्छ ।
वास्तवमा प्र्र्रेमले नै संसार अडिएको छ भन्दा पनि फरक नपर्ला । जहाँ सच्चा प्रेम हुन्छ, त्यहाँ रिस, डाहा र घृणाले स्थान पाउँदैन । मायाको संसारमा रमाउनेहरु खुशी साथ जिन्दगी बिताउँछन् । जनावर होस् वा मानव सबैमा प्रेम हुन्छ । खासगरि हामी जनावरमा बच्चाप्रतिको प्रेम देख्छौ । प्रेममा संसार अडिएको छ । एउटा बच्चा जन्मिएदेखि नै आमाको मायामा हुर्कन्छ बढ्छ त्यो निस्वार्थ माया हो । हामीले सच्चा माया, प्रेम गर्न आमाबाट सिक्नुपर्दछ । सबैको आमा जहाँ बच्चाले मायाको कुनै स्वार्थ चुकाउनु पर्दैन । सच्चा प्रेमको उदाहरण आमा हुन् । ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यालेन्टाइनले क्लाउडियसको यो कदमविरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए । आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यालेन्टाइनलाई फ्रेबुअरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । प्रेम र मानवताका अनुयायी भ्यालेन्टाइनले मृत्युवरण गरेको सम्झनामा फ्रेबुअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउने गरिन्छ । प्रेमले सबैलाई मिलाउछ सबैलाई खुशीले बाँच्न सिकाउँछ । हामीले जहाँ निश्वार्थ प्रेम गरिरहेका हुन्छौं, त्यहाँ खुशीको मिलन हुन्छ । जसको हृदयमा प्रेम हुन्छ, त्यसको आत्मामा शान्ति हुन्छ । समाजमा प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् होला । अधिकांश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम सम्बन्धीत नै हुन्छन् । कतिपय प्रेम हुन पुग्छन् भने संयोगान्तक हुन्छन् भने कतिपय बियोगान्तक भएर सकिन्छ ।
हामीले जहाँ निश्वार्थ प्रेम गरिरहेका हुन्छौं, त्यहाँ खुशीको मिलन हुन्छ । जसको हृदयमा प्रेम हुन्छ, त्यसको आत्मामा शान्ति हुन्छ । समाजमा प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् होला । अधिकांश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम सम्बन्धीत नै हुन्छन् । कतिपय प्रेम हुन पुग्छन् भने संयोगान्तक हुन्छन् भने कतिपय बियोगान्तक भएर सकिन्छ ।
बिश्वभरी फ्रेबुअरी १४ का दिन मनाइने यो दिवस आजकल बढ्दो सूचना र प्रविधिको विकाससँगै नेपालमा अत्यन्तै लोकप्रिय बनेको छ । प्रेम दिवसको अवसर पारेर बिभिन्न गोप्य स्थलहरु, पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु एक आपसमा रमाउने, रातो गुलाब र अन्य उपहारहरु एकआपसमा साटासाट गर्ने प्रचलन नेपालमा पनि बढदै गएको सँगै नेपालमा पनि केहि हदसम्म बिकृति मौलाएको देखिन्छ । दिवस मनाउने भन्दै लाखौंका गुलाफ फुलहरु देशमा भित्रिएका छन् । जसका कारण हाम्रो देशको अर्थतन्त्रसमेत अन्य देशमा गएको छ । पछिल्ला केहि वर्षयता सामाजिक सञ्जालमा भ्यालेन्टाइन डे पनि निकै चर्चा हुन्छ । खासमा यो दिनलाई नयाँ जोडी बनाउने होस् या कुनै आफ्नो प्रेमीबीच पुनःमिलन यो हाम्रो संस्कृतिसँग कुनै सम्बन्धीत छैन । तर यसको नक्कल हामीले धेरै नै गर्दै आएका छौं ।
अहिले बिभिन्न समाजिक सञ्जालमा यसको निकै महत्व बढेको देखिन्छ । यसले हाम्रो समाजमा एउटा बिकृति खडा गर्न खोजिरहेको छ । प्रेम दिबसले विशेषगरी युवायुवतीलाई नकारात्मक प्रभाव पारेको छ । प्रणय दिवस के हो यो किन मनाइन्छ भन्ने नबुझी आफ्नो रमाइलोको लागि विभिन्न रमणिय स्थलमा घुम्न जाने उपहार, गुलाबको फुल साटासाट गर्ने मन परेको मान्छेलाइ प्रेम प्रस्ताव राख्ने गर्दछन् । आफ्नो पढाइ र भविष्यप्रति गम्भीर हुनुपर्ने समयमा धेरैको दिमागमा प्रेमको नकारात्मक फल फलेको छ । कसैले आफुलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्न फ्रेबुअरी १४ कुरेका हुन्छन् । हप्तौ अघिदेखि प्रेम दिवसका नाममा रोज डे, प्रपोज डे, प्रोमिस डे आदि मनाइरहेका छन्, यो नराम्रो पक्ष नै हो । एक दिनको प्रेम दिवसले धेरै युवायुवतीलाई पछिसम्म मानसिक रोगको सिकार बनाएको हुन्छ । कुनै मान्छे कसैसँग नजिकिनु मात्रै प्रेम होइन् । माया प्रेम केबल निश्वार्थ हुनुपर्दछ । सानोतिनो स्वार्थ र केहि क्षणको लागि गरिने प्रेम होइन यो एउटा बिकृति र देखावटी हो । यसले मान्छेलाई कुन मोडमा लान्छ भन्ने कुनै आँकलन हुँदैन ।
यसैले पनि हाम्रो समाजमा धेरै घटनाहरु घटिरहेका छन् । हामीले प्रेमलाई सच्चा हृदयबाट निश्वार्थ ढंगबाट गरियो भने त्यहाँ कुनै अशान्ति, बिकृति हुँदैन त्यसले सहिबाटोमा लैजान्छ । आत्महत्याका घटनाहरु हाम्रो समाजमा बढिरहेका छन् । हिजो मात्रै पोखरामा एउटा साथीले अर्का साथीलाइ केटीका कारण मारेको सुनेका छौं । जहाँ प्रेममा मनमुटाव आउछ त्यहाँ क्रोध जन्मिन्छ र धेरै घटनाहरु एउटा प्रेमप्रेमीका बीचको असमझदारीबाट आउने गरेको पनि छन् । यो सिको गरे कुन मोडमा जान्छु भन्ने जस्ता कुरा बुझनु अहिलेका युवाहरुमा जरुरी छ । हामीले साँच्चिकै प्रेम गर्ने हो भने दिवस नै कुर्नुपर्दैन । हामीले यसलाई एउटा पर्वको रुपमा ल्याइरहेका छौं । यसलाइ फरक तरिकाले बुझदा महत्व अझ बढ्नेछ । यो जिबन्त चलिरहने प्रक्रिया हो । एकदिन मात्र प्रेम गर्ने भन्ने होइन । हामीमा सबैलाई गर्ने प्रेम हुनैपर्दछ । प्रेमले खुशी दिलाउँ, प्रेममा संसार अडिएको छ । सबैलाई प्रेम गरौं नक्कली होइन सक्कली दिवस खोजौ । प्रणय दिवसको शुभकामना ।
तारा चापागाई दुबे - ।