सूचनाको शक्ति - The Power Of Information

        

ईट्टाको मूल्यमा बृद्धि

बाँके । बाँकेमा आजदेखि ईटाको मुल्यमा वृद्धि गरिएको छ । बुधबारदेखि लागु हुने गरी ईटाको नयाँ मुल्य कायम गरिएको ईटा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले जानकारी दिए । उनकाअनुसार, चार वर्षअघिदेखि ११ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको अव्बल ईटाको मुल्य आदेखि प्रतिगोटा १५ रुपैयाँ कायम गरिएको छ ।

९ रुपैयाँ ५० पैसा मुल्य रहेका लालपेटी र खन्जड प्रतिगोटा ११÷११ रुपैयाँ, र ६ रुपैयाँ मुल्य रहेको पिलाको प्रतिगोटा ६ रुपैयाँ नै कायम गरिएको छ । बाँकेमा ५२ इटा उद्योग रहेका छन् । एउटा इटा उद्योगमा दुई करोडसम्मको लगानी छ । केहि दिनअघि परेको पानीले जिल्लाका सम्पूर्ण ईटा उद्योगमा करिब एक करोड बढिको क्षति भएको उनले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १४:१८