सूचनाको शक्ति - The Power Of Information

        

धम्बोझी माविमा चित्रकला प्रतियोगिता

बाँके । नेपालगन्जको धम्बोझी माध्यमिक विद्यालयमा विद्यालयस्तरीय ‘खाद्य उपलब्धता, सर्वसुलभता, पौष्टिकता र सुरक्षा’ बिषयक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा भेरी ईङ्लिस मिडियम हाईस्कुल धम्बोझीकी अस्मिता थापामगर प्रथम भएकी छन् ।

प्रतियोगितामा धम्बोझी माध्यमिक विद्यभलयकी कल्पना बिएम द्वितिय, जय बागेश्वरी माध्यमिक विद्यालय आयशा कार्की तृतीय र गुराँस चाइल्डहुड एकेडमी खजुराकी भावना तामाङ चौथो भएका छन् । प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयहरुबाट छात्रछात्रा गरी जम्मा ४० जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजयी हुनेलाई नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापामगर र विद्यालय ब्यवस्थापनका अध्यक्ष धनबहादुर चन्द र प्रधानाध्यापक बामदेव सुवेदीले नगदसहित प्रमाणपत्र दिई सफल विद्यार्थी र विद्यालय परिवारलाई हार्दिक बधाई दिएको विद्यालयका विद्यालयका सहायक प्रधानाध्यापक पुर्णबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ११:४९