सूचनाको शक्ति - The Power Of Information

        

भालुको डरले आपतकाल घोषणा !

बीबीसी । रुसको एक सुदूर इलाकामा भालुका कारण आपतकालको घोषणा गरिएको छ । ‘नोवाया जेम्लया’ नामक द्वीपमा भालुले सर्वसाधारणमाथि हमला गरेपछि त्यहाँको प्रशासनले संकटकाल घोषणा गरेको जानकारी दिएको छ ।

स्थानीयका अनुसार यस द्वीपको आवसीय क्षेत्रमा करिब एक दर्जन ध्रुवीय भालु देखिएपछि मानिसमा त्रास फैलिएको छ । जलवायु परिवर्तनका कारण ध्रुवीय भालु प्रभावित भैरहेका छन्, उनीहरु खानाको खोजीमा भड्किएका हुन् । लोपोन्मुख प्रजातीमा समावेश गरिएका कारण रुसमा भालुको शिकारमा प्रतिबन्ध लगाइएको छ ।

यसका साथै संघीय पर्यावरण एजेन्सीले भालु मार्नका लागि लाइसेन्स दिन अस्वीकार गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार प्रहरीले जारी गर्ने चेतावनीबाट पनि भालु डराउँदैन । जसका कारण यो क्षेत्र थप तनाबग्रस्त बनेको छ । यो द्वीपको प्रमुख इलाका बेलुश्या गुबामा एकैपटक ५२ ओटासम्म भालु देखिएको बताइएको छ । स्थानीयका अनुसार भालुका कारण स्थानीय त्रासमा छन् जसका कारण जनजीवन प्रभावित भइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतवार १२:०४