सूचनाको शक्ति - The Power Of Information

        

होटल व्यवसायीको निर्वाचनमा कँडेल प्यानल विजयी

बाँके । नयाँ नेतृत्वका लागि होटल व्यवसायी संघ बाँकेको बुधबार भएको निर्वाचनमा भीमलाल कँडेलको प्यानल विजयी भएको छ । अध्यक्षमा कँडेलले १७८ मतान्तरले निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डन डाँगीलाई पराजित गरेका छन् ।
अध्यक्षमा कँडेलले ३५६ मत ल्याएका छन् भने ग्राण्डनले १७८ मत प्राप्त गरेकी छन् । बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बुले २७२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेमबहादुर खत्रीले २१९ मत पाए । उपाध्यक्षमा टेकनारायण सापकोटा ३१८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रत्यासी गोपाल गिरीले २०३ मतमै चित्त बुझाएका छन् ।
महासचिवमा रंगबहादुर खड्काले ३३५ मतका साथ विजयी भए भने प्रत्यासी घनश्याम थापा क्षेत्रीले १८६ मत पाए । सचिवमा प्रेमबहादुर शाहले ३४४ मतले विजयी भए भने निकटतम प्रतिद्वन्द्वी रतन बुढा क्षेत्रीले १८० मत पाए । कोषाध्यक्षमा टिकाराम खनालले ३४६ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी रबिन्द्र लामिछानेले १७१ मै सिमित भएका थिए ।
यसैगरी सहकोषाध्यक्षमा राजकुमार विकले ३२४ मत ल्याई विजयी भए भने उनको निकटतम प्रतिद्वन्दी जुनादेवी कँडेलले १९१ मत ल्याएकी छन् । सदस्यहरुमा लक्ष्मीराज शाही ३४५, एकराज पाण्डे ३०९, केशव कँवर योगी २९६ विजयी भए भने निकटतम प्रतिद्वन्दी कर्णबहादुर शाहीले २०२, बालकृष्ण खड्का १७६, राम लखन बैष्य १५७ मत ल्याएका थिए ।
यसैगरी महिला सदस्यहरुमा दुर्गा बम ३०४, निर्मलादेवी सेजुवाल २५९ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्दी कल्पना तामाङ्गले १८१ र अनिता लामाले १६५ मत पाएका थिए । बुधबार भएको मतदानमा ६६१ मतदाता रहेकोमा ५७१ मत खसेकोमा १० मत बदर भएको थियो । नयाँ कार्यसमितिको लागि कँडेलको नेतृत्वमा नेकपा निकट व्यवसायी र ग्राण्डनको नेतृत्वमा नेपाली कांग्रेस निकट व्यवसायी निर्वाचनमा होमिएका थिए ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार ११:२३