सूचनाको शक्ति - The Power Of Information

        

‘टुर दि ठाकुरद्वारा’ साइकल यात्राको तयारी पुरा

बाँके । टुर द ठाकुरद्वारा–२०७५ को सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ । पश्चिम नेपालमै पहिलो पटक हुन गइरहेको सदभाव डटकम टुर दि ठाकुरद्वारा–२०७५ मा साइकलबाट बिश्व घुमेका विश्व साइकल यात्री पुष्कर शाहले सहभागिता जनाउने भएका छन् ।
कार्यक्रमले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा नेपालगन्जको बागेश्वरी मन्दिर, जुगे महादेव मन्दिर, बाँसगढीमा निर्माणाधीन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जलाई स्थापित गर्दै देशभर चिनाउने विश्वास लिइएको कार्यक्रम संयोजक सतिश निरौलाले बताए ।
पर्यापर्यटन मञ्च ठाकुरद्वारा, बिजय स्टिल, ठाकुरबाबा, बासगढी, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज फोटोवाकर, क्रिसा कोहलपुर र नेपालगन्ज बाइसाइकल प्रालिले कार्यक्रममा सहकार्य गरेका छन् ।
कार्यक्रममा करिब तीन लाख खर्च हुने अनुमान गरिएको छ । सहभागी सबैको पाँच लाख बराबरको बिमासमेत गरिएको छ । १८ गते विहान ७.३० बजे बागेश्वरी मन्दिरबाट साइकल यात्राको सुरुवात हुने कार्यक्रम संयोजक निरौलाले बताए ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १८:५६