सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर अस्पतालबाट १५५१ जनाले सेवा लिए, १९५ जना बिरामी

बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म १ हजार ५५१ जना नागरिकले सेवा लिएका छन् । सरकारी स्वामित्वमा सञ्चालित उक्त अस्पतालमा सेवा विस्तार भएको करिब एक बर्ष भइसक्दा यतिले सेवा लिएका हुन् ।
अस्पतालले दिएको जानकारी अनुसार ओपीडि सेवा शुभारम्भ भएदेखि अहिलेसम्म ४२८ जना पुरूष र १ हजार १२२ जना महिलाले अस्पतालबाट सेवा लिएका छन् । जसमा १९५ जना नागरिक क्यान्सरका विरामी रहेका छन् । क्यान्सरका विरामीमध्ये १३९ जना महिला र ६३ जना पुरूष रहेका छन् ।
यस अस्पतालमा साविकको मध्य तथा सुदुरपश्चिमका २४ जनाका साथै भरातका विभिन्न क्षेत्रबाट पनि नागरिकहरू उपचारका लागि आउने गरेका छन् । ०६६ सालमा स्वास्थ्य मन्त्रालयबाट एक सय शैयाका लागि अनुमति पाएको यो अस्पतालमा ६९ शैयाको भवन निर्माण भइसकेको छ ।
२०६२ सालमा प्रखर परोपकार मिसनबाट अस्पताल सञ्चालनका लागि अभियान शुरू भएपनि ०६५ माघ ११ मा धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित पाँच करोड २६ लाख र प्रखर परोपकार मिसन नेपाल नामक संस्थाको रु.३ करोड २६ लाख ६१ हजारमा ‘नेपाल क्यान्सर अस्पताल’को नाममा पूर्वाधार निर्माणका कामहरू थालिएका थिए ।
०७३ फागुन १५ को मन्त्रीपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाको पहलमा त्यही अस्पताललाई पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्व.सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’का रूपमा राजनीतिकरण गरिएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतवार १७:४७