सूचनाको शक्ति - The Power Of Information

        

‘समानान्तर सरकार’ बनाउने प्रतिपक्षी नेपाली कांग्रेसको निर्णय !

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समानान्तर सरकार बनाउने निर्णय गरेको छ । संसदीय दलको मंगलबारको बैठकले समानान्तर सरकारको अवधारणालाई अनुमोदन गरेको हो । जसलाई कांग्रेसले ‘छायाँ सरकार’ भनेको छ । कांग्रेसले सरकारको संरचनाअनुसारको मन्त्रालय जस्तै विभिन्न विभाग बनाएर जिम्मेवारी तोक्ने निर्णय भएको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए ।
दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारले संसदमा अधिनायकवादी शैली हावी गराएको भन्दै कांग्रेसले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा गरेको सम्बोधनमा प्रश्नोत्तरका लागि सभामुख कृष्णबहादुर महराले रोकेका कारण कांग्रेस आक्रामक थियो ।
‘छायाँ सरकार भनेको सरकारकै चेक एन्ड व्यालेन्सका लागि प्रतिपक्षीले लिएको निर्णय हो,’ एक केन्द्रीय सदस्यले भने, ‘हामी बहुलवाद, बहुदलीय लोकतन्त्रको हत्या हुुन नदिनका लागि यस्तो निर्णयमा पुगेका हौं ।’ छायाँ सरकारको नेतृत्व भने संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १७:२७