सूचनाको शक्ति - The Power Of Information

        

संसदमा प्रधानमन्त्रीको सम्बोधन : ‘राम्रो कामको ‘जस’ जसले लिए पनि हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी काँग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिँदै राम्रो काम जसले गर्छ उसले जस लिने बताएका छन् । संसदमा आज संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई जवाफ दिँदै भने, ‘राम्रो कामको ज–जसले जस लिए पनि हुन्छ । नीति तथा कार्यक्रमम सदनको सर्वस्वीकृत हो । यसको जस पनि सदनले पाउनुपर्छ । यसमा कसको प्याटेन्ट राइट छैन । किन दन्तबझान गर्ने ? किन खिसीटिउरी गर्ने ?’
ओलीले आफ्नो कार्यकालमा गरेका राम्रा कामप्रति प्रतिपक्षले सहन नसकेको भन्दै राम्रा कामको प्रशंसा गर्न भुल्न नहुने बताए । उनले सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको ? कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ ? जस्ता प्रश्न आएको भन्दै स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०÷६० अर्ब व्ययभार बोक्नुुपर्ने भएकाले यो बाटो रोजेको दावी गरे । ‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।’ प्रधानमन्त्री केपी ओलीको काँग्रेस र आन्दोलनरत कर्मचारीप्रति संकेत गर्दै कटाक्ष गरे ।

अरु के–के भने प्रधानमन्त्रीले ?
– कर्मचारी समायोजनप्रति चित्त दुखाउनुपर्ने आवश्यकता छैन ।
– पहिलोचोटी वित्तीय संघीयता कार्यन्वयनमा आएकाले केही अलमल भएपनि अब अन्यौल कम हुन्छ ।
– राष्ट्रिय गौरवका आयोजनलाई सात सूचकका रुपमा लिएको छौं ।
– गत वर्षको तुलनामा मुल्यवृद्धि घटेको छ ।
– आन्तरिक ऋण परिचालन गर्नुपरेको छैन ।
– ११२ अर्ब १३ अर्व वैदेशिक सहयता प्राप्त भएको छ ।
– वैदेशिक लागानीका परियोजनामा २५ प्रतिशतले वृद्धि भएको छ ।
– आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ
– कुल निकासी १२.३ प्रतिशतले बढेको छ ।
– नेपाली धागोको ठुलो निर्यात बजार बढेको छ ।
– औद्योगिक वस्तुको आयात उत्पादनका आधारमा सकारात्मक छ ।
– यसवर्ष धान उत्पादन नौ प्रतिशतले बृद्धि भएको छ ।
– हिउँदेबालीको मलका लागि ६ अर्ब रुपैयाँ निकासा गरिएको छ ।
– एक नेपाली एक फलफूलका बोट रोप्ने कार्यक्रमअन्र्तगत २३ लाख विरुवा रोपिएको छ ।
– सुत्केरीका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ ।
– २०१९ भित्र गौतमबुद्ध विमानस्थल र ६ महिनाभित्र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी भइरहेको छ ।
– २६ हेक्टरमा सिञ्चाई गर्ने व्यवस्था मिलाईएको छ ।
– मेलम्चीको काम तिव्र गतिमा भइरहेको छ ।
– पूर्व पश्चिम रेलमार्गको विस्तृत परियोजना सुरु गरिएको छ ।
– फास्टट्रयाकको काम भइरहेको छ ।
– काम छिटो र प्रभावकारी बनाउन अनुगमन थालिएको छ ।
–राष्ट्रिय गौरवका योजनामा प्रत्यक्ष सम्पर्क गर्न डिजिटल एक्सनको व्यवस्था गरिएको छ ।
– धेरै नेपालीले यसैवर्ष राष्ट्रिय परिचयपत्र वितरणको काम भइरहेको छ । यसमा अनावाश्यक हल्ला मच्चाइएको छ ।
– सामाजिक सुरक्षा नागरिकको हक हो । यसले यसवर्षबाट गुणात्मक फड्को मारेको छ ।

प्रकाशित मिति : २२ पुष २०७५, आइतवार १४:४२