सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक व्यवस्थापनमा नेपालगन्जका व्यवसायीको असहयोग

बाँके । ट्राफिक सचेतनाका लागि बाँके ट्राफिक प्रहरीले आइतबार विहान नेपालगन्जमा ब्याण्ड बाजासहितको ¥यालीको आयोजना गर्यो । समुदाय प्रहरी पालिका समिति, नेपालगन्जको आयोजनामा प्रहरीले आइतबार विहान ट्राफिक सचेतना ¥याली निकालेको हो ।
‘ट्राफिक सभ्यताको विकास गर्न र दुर्घटना न्यूनीकरणका लागि’ ¥यालीमा जनपथ, शसस्त्र, र ट्राफिक प्रहरीको बाकलो उपस्थिती रहेको थियो । तर, उक्त कार्यक्रममा बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधी, र नेपालगन्जका व्यवसायीको सहभागीता एकदमै न्यून देखिएको थियो ।
उपमहानगरपालिकाबाट मेयर डाक्टर धवलशम्शेर राणा लगायत केही जनप्रतिनधी सहभागी भए पनि १३ वडा रहेको उपमहानगरपालिकाका अधिकाशं जनप्रतिनधीको सहभागिता देखिएन् । उद्योगको हबका रूपमा मानिएको नेपालगन्जमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको मात्रै उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।
यता सरकारी निकायतर्फ प्रमुख जिल्ला अधिकारी मदन भुजेलको मात्रै सहभागता रहेको थियो । यसले पनि ट्राफिकको उक्त कार्यक्रममा नेपालगन्जका जनप्रतिनिधी र व्यवसायीको सहयोग नभएको प्रष्ट पारेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
त्रिभुवनचोकस्थित उद्योग बाणिज्य संघको कार्यालय अगाडिबाट निस्केको ¥याली सदरलाइन, त्रिवेणीमोड सेतुविकचौक हुँदै धम्बोझीमा पुगेर कोण सभामा परिणत भएको जिल्ला ट्राफिक प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । उनले ट्राफिक नियम पालना गर्ने हो भने दुर्घटना न्यूनीकरण हुनेमा जोड् दिए ।
तीब्रगति रोक्ने, सवारी चलाउँदा मोबाइलमा कुरा गर्न बन्द गर्नुपर्ने, तोकेको ठाउँमा पार्किङ गर्नुपर्ने कुराहरु सचेतना कार्यक्रममार्फत जानकारी गराइएको प्रहरी निरीक्षक रोकायले बताए । यसैबिच, इलाका प्रहरी कार्यालय, जमुनाहाले भारतबाट हेल्मेट नलगाई आउनेलाई कडाई गरेको छ ।
हेल्मेट नलगाई नेपालतर्फ आउने भारतीयलाई पहिलो चरणमा सम्झाउने अभियान थालेको जमुनाहामा इन्चार्ज शिवकुमार वली बताउँछन् । ट्राफिक प्रहरीले थालेको हर्न निषेध अभियानमा पनि भारतीय सवारी साधनले उल्लंघन गरिरहेका छन् ।

प्रकाशित मिति : १५ पुष २०७५, आइतवार १४:२०