सूचनाको शक्ति - The Power Of Information

        

स्कुल गएका दुई दिदीबहिनीसहित तीन बालिका बेपत्ता

सुर्खेत । पुस १० गते विद्यालय गएका तीन जना बालिकाहरु वेपत्ता भएका छन् । सिम्ता गाउँपालिकाका–५ आलीमा स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु मंगलबारदेखि हराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता ९ खानिखोला स्थायी घर भएका १४ वर्षीया निशा सिंह ठकुरी, १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिसिमा खत्री सम्पर्कविहीन हुन् । निशाकी आमा भगवती सिंहले १० गते दिउँसो १ बजे कापी बिर्सियो भनेर घर आएको छोरीहरुको हालसम्म अत्तोपत्तो नभएको बताइन् ।
‘निसासँगै यमुना र रिसिमा पनि घर आएका थिए,’ उनले भनिन्, ‘कापी लिएर विद्यालय गएकी छोरी सम्पर्कमा आइन ।’ स्कुल गएका छोरीहरु बेलुकी घर नआएपछि आफन्तले खोजी गरेका थिए । खोजतलास गर्दा नभेटिएपछि प्रहरी चौकी आलीमा खोजीदिन पुस १२ गते निवेदन दिएका थिए । स्कुल पढाएका छोरीहरू एकाएक यसरी गायव हुँदा अनौठो र अचम्म लागेको यमुनाकी आमा दीपा खत्रीले बताएकी छिन् ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार ०८:००