सूचनाको शक्ति - The Power Of Information

        

उद्योगबाट राजश्व उठाउनै सकस

बाँके । बाँकेका स्थानीय तहमा सञ्चालित उद्योगबाट राजश्व उठाउन सकस परेको छ । बर्षौदेखिको राजश्व तिर्न नमानेपछि स्थानीय तहले कारवाहीको तयारी समेत सुरु गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सुरेश यादवले उद्योगबाट राजश्व उठाउन समस्या भइरहेको बताए ।
जानकी गाउँपालिका वडा नम्बर ६ मा जिल्लाकै सबैभन्दा धेरै उद्योग छन् । तर केही उद्योगले दश वर्षअघिसम्मको राजश्व नतिरेको पाइएको छ । त्यस्ता उद्योगलाई पटक पटक ताकेता गर्दा पनि राजश्व तिर्न चासो नदेखाएको उनले बताए ।
जानकी गाउँपालिकामा गाविस हुँदा बेलाकै राजश्व कायम गरिएको छ । वार्षिक दश हजार राजशव तिर्नुपर्ने भएपनि उद्योगले चासो नदेखाएको वडा अध्यक्ष यादवले बताए । त्यहाँ रहेका उद्योगले स्थानीयलाई रोजगारीमा समेत प्राथमिकता नदिएको भन्दै असन्तुष्टि देखिएको छ ।

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार ०९:५३