थोमस अल्भा अडिसनले यो संसारको अन्धकारलाई झिलिमिली रूप दिए भन्ने सोच तपाईको रहेको छ भने तपाईको ज्ञान अपुरो हुनसक्छ । तपाई त्यो समयको कल्पना गर्नुहोस् । जब हामी १५० वर्ष पहिले बाचिरहेका थियौं । सूर्य अस्थाएसँगै चारै तिर अँध्यारोको साम्राज्य व्याप्त हुन्थियो । हामी लालटिन र टुक्कीको सहारामा बाचेका थियौं । मानिस राकों बालेरै रातमा यात्रा गर्दथे ।
फेरि यस्तो एक व्यक्तिले यो दुनियाँमा जन्म लियो जसले त्यो अन्धकार युगकै अन्त्य गरिदियो । ती व्यक्ति थिए निकोला टेस्ला ! मानिस र विज्ञानले निकोलाको योगदानलाई भुल्न सग्दैन । तर तिनै महान वैज्ञानिकको बारेमा हामी धेरै जना अनविज्ञ छौ । क्रोसियाको एउटा गाउँ ‘स्मिल्जान’मा सन् १८५६ को जुलाई १० मा जन्मिएका निकुलाका बाबु स्थानीय चर्चका पादरी मिलुटिन टेस्ला थिए । उनकी आमा एक आविष्कारक महिला थिइन् ।
आफ्नै आमालाई देखेर बाल्यकालमै उनलाई इलेक्ट्रिक एक्शपेरिमेंटको प्रेरणा मिल्यो । उनी सानै उमेरमा अनेकौँ प्रकारका एक्सपेरिमेंट गर्थे । जसले गर्दा उनी छेउछाउका गाउँमा चर्चित थिए । उनी इन्टीग्रिलर हिसाबको कठिन सवाल पनि कुनै गल्ती बिना दिमागमै हल गर्थे । कडा मेहनत गर्थे उनी, त्यसैले ४ वर्षको पढाइलाई ३ वर्षमै पुरा गरेर १८८३ मा दीक्षित भए । उनका पिता उनलाई पादरी बनाउन चाहन्थे तर उनी आफै चाहिँ अगाडीको पढाइ पुरा गर्न चाहन्थे ।
पिताले चाहिँ त्यस्तो चाहेनन् । तब उनी घर ‘स्मिल्जान’ नै फर्किए । त्यसपछि, उनलाई हैजा भयो । जसले गर्दा ९ महिनासम्म थला परे । उनी कैयौँ चोटि मृत्युको मुखबाट फुत्किए । जसले गर्दा उनकी आमा एकदमै चिन्तित रहन्थिन । अनि उनका बुबाले उनलाई यदि ठिक भए सबैभन्दा राम्रो इन्जिनियरिङ कलेजमा भर्ना गरिदिन्छु भने । तब खोइ निकोलामा कस्तो शक्ति उत्पन्न भयो । उनी त्यस्तो भयानक रोइगबाट बाहिर निस्किए ।
सन् १८७५ मा आफ्नू बाचा अनुरुप उनका पिताले अस्ट्रियाको ‘ग्राजÞ ए.ए. पोलिटेक्निक, अस्ट्रिया’मा भर्ना गरिदिए । उनले पहिलो वर्ष कुनै पनि क्लास छोडेनन् क्ष् ९ वटा परीक्षा पास गरे जब कि उत्रिण हुन ४ वटा मात्र पर्याप्त थियो । सँगै सबै परीक्षामा उच्च नम्बर पनि ल्याए । त्यही हुँदै, उनले माइकल फेडारेको इलेक्ट्रो म्यगनेटक इण्डक्सन सिद्धान्तको गहिरो अध्यन गरे । सँगै उक्त सिद्धान्तमा उनले केही सुधार समेत गरे ।
जब उनले आफ्नो प्रोफेसरसँग ‘अल्टरनेटिव करेन्ट’(ए.सी)को कन्सेप्ट बारे कुरा गरे तब प्रोफेसर हास्न थाले । अनि टेस्लाको खिल्लि उडाए । समय बित्दै गयो १७ अप्रिल १८७९ मा टेस्लाका पिताको मृत्यु भयो । अनि उनी हंग्रीको राजधानी बुढापेस्ट पुगे । त्यहाँ उनले थेओडोर पुस्कारको टेलीग्राफ कम्पनी, जुन बुढापेस्टको टेलिकम एक्सचेन्ज थियो । जसका आविष्कारक थियोडोर थिए । टेस्लाले सेन्ट्रल स्टेसनका कयौँ उपकरणमा सुधार ल्याए ।
टेलिफोन रिपिटर वा एम्पलीफाएरलाई ठिक गरे । जुन कम्पनीमा उनले केही समयमै आफ्नू खुबीको छाप छोडी दिए । त्यसै वर्ष थेओडोरले उनलाई अर्को जागिर कनटिनेंटल एडिसन कम्पनी पेरिस मा दिलाइदिए । जहाँ उनलाई सहरमा बत्ति जढान गर्ने काम दिइयो । थोमस अल्बा अडिसनको कम्पनी ‘डिरेक्ट करेन्ट’ अर्थात डी.सी. करेन्टको प्रयोग गथ्र्यो । जसबाट उनी संसारमा एक प्रकारको क्रान्ति ल्याउन चाहन्थे । तर डी.सी करेन्टसँग सम्बन्धित केही समस्या थिए ।
जस्तो कि साधारण बल्बको लागि त ठिकै थियो तर ठुला मेसिनहरुका निम्ति पर्याप्त थिएन । अमेरिकामा थोमस अल्बा एडिसनको समूह यो समस्याको उपाएका निम्ति लागि परेको थियो । तर उनीहरूलाई सफलता मिल्न सकेको थिएन । डी.सी. करेन्टको अर्को समस्या यो थियो कि जुन क्षेत्रमा इलेक्ट्रीसिटिको सप्लाई गर्नुपर्ने हुन्थियो, उक्त क्षेत्रको एक माइलमै डी.सी.पावर स्टेसनको आवश्यकता पथ्र्यो । किनकी दुरी बढ्दै जाँदा डी.सी. करेन्टको भोल्टेज घट्दै जन्थ्यो ।
डी.सी करेन्टको अर्को समस्या बल्ब बाल्न बाहेक अन्य उपकर प्रयोग गर्नु पर्दा छुट्टै तार बिछ्यानु पर्ने हुन्थियो । जसले गर्दा हरेक हिसाबले यो महँगो पर्न जान्थ्यो । उक्त समास्यालाई निकोला टेस्लाले बुझेका थिए । जसकारण उनी अल्टरनेटिव करेन्ट मोटरमा काम गरिरहेका थिए । किनकि अल्टरनेटिव करेन्टले यस्तो पावर सप्लाई दिन्थियो जसमा दुरी बढ्दै जाँदा भोल्टेज घट्दैन थियो । यसबाट जहाँ जति करेन्टको आवश्यक्ता पर्ने हुन्छ त्यही अनुसार कम वा धेरै गर्न सकिन्थ्यो ।
रेलवेदेखि लिएर सुत्ने कोठाको बत्तीको पावर सप्लाई ए.सी मोटरबाट एकै वायरको प्रयोगले गर्न साकिन्थ्यो । यसको लागत पनि कम थियो । टेस्ला आफ्नो यो मोडल देखाउन थोमस एल्भा एडिसनसँग भेट्न चाहन्थे । अन्तत एडिसनका व्यवस्थापक चाल्स ब्याचलरको सिफारिसमा उनी थोमसको कम्पनी अमेरिका पुगे । त्यहाँ उनी मिहिनेतसाथ काम गर्न थाले । सँगै डी.सी पावर सप्लाइको स्थापनाका निम्ति पनि काम गरे ।
जहाँ टेस्लालाई २४ फरकफरक मेशिन बनाउने काम समेत दिइयो । उनी काममा जुटे र एडिसनलाई आफ्नो मोडल देखाउने मौका समेत पाए । एडिसनलाई पहिले नै थाहा थियो कि उनको त्यो आविष्कारका बारेमा । उनले टेस्लालाई ए.सी मोटर बेकार छ र मानिसका निम्ति पनि खतरा युक्त भएकाले यसको कुनै भविष्य छैन भने । किनकि उनलाई डर थियो कि बजारमा उक्त मोटर आए आफ्नो डी.सी करेन्ट सिस्टमलाई धेरै नोक्सान हुनसक्छ । टेस्ला चुप रहे अनि थप ६ महिना त्यहि काम गरे ।
अनि एडिसनको डी.सी. सिस्टममा धेरै सुधार गरिदिएसँगै उनलाई दिएको २४ थरीको मेशिन बनाउने काम पनि पुरा गरिदिए । यस कामको लागि ५० हजार डलर दिने बाचा गरेका एडिसनले अन्त्यमा त्यो केवल आफ्नो मजाक मात्र रहेको भनिदिए । एडिसनको उक्त अभिव्यक्ति स्विकार्न नसकेर टेस्ला जनवरी १८८५ मा एडिसनको कम्पनी छोडिदिए र कहिल्यै पछाडि फर्किएर हेरेनन् । अब निकोला टेस्लाको अकल्पनीय आविष्कार सुरु हुन्छ । उनी र एडिसन बिच चिस्सिएको करेन्ट युद्ध !
उनी आफ्ना सबै आविष्कारको पेटेन्ट लिन थाले । जुन उनले अडिसन सँगै काम गर्दै गर्दा गरेका थिए । उनले केही लगानी कर्तालाई पनि भेटे, जसको सहयोगमा मार्च १८८५ मा ‘द टेस्ला इलेक्ट्रिक लाइट एन्ड म्यानिफेक्चरिन्ग’ कम्पनीको सुरुवात भयो । पछि उनका लगानी कर्ताले उनलाई धोका दिए । १८८६ मा अल्फेड एस ब्रवोन जो वेस्टन युनियनका अध्यक्ष थिए र न्युयोर्कका अटर्नी चार लेस एफ पिकसँग मिलेर १८८७ मा टेस्लाले इलेक्ट्रिक कम्पनीको सुरुवात गरे ।
उनले अल्टर्नेटिङ्ग करेन्टबाट चल्लने मोटरको आविष्कार पनि गरे । १८८८ मा जब जर्ज वएस्टिंग हाउस जुनिएर (अमेरिकी उद्योगपति) ले यो कुरा थाहा पाए तब उनले टेस्लालाई भेटे ! उनले ५४ हजार ५०० डलर मासिक पारिश्रमि मा एक वर्षका निम्ति एउटा कन्सल्टेन्टका निम्ति टेस्लालाई नियुक्त गरे । सँगै इन्डक्सन मोटर र ट्रान्सफरमर डिजाइन का निम्ति ६० हजार डलर पनि दिए । सन् १८९० मा टेस्लाले ‘टेस्ला कोएल’को आविष्कार गरे ।
टेस्ला कोइल एक इलेक्ट्रिकल रेजुलेसन ट्रान्सफरमर सर्किट हो । जसको उपयोगिता हाइ भोल्टेज, लो करेन्ट, हाइ फ्रिकोइन्सि अल्टर्ने्टिङ्ग करेन्ट उल्पन्न गर्न प्रयोग गरिन्छ । आजसम्म पनि टेस्ला कोइलको प्रयोग हुन्छ । उनलाई त्यति बेला नै लाग्द्थियो वायरलेस कम्मुनीकेसन पनि सम्भव छ । जसबाट दुनियाँको एक कुनाबाट अर्को कुनामा बिना तार कुरा गर्न सकिन्छ । उनले अल्टरनेटिभ करेन्टलाई अझै राम्रो तरिकाले स्थापित गर्न स्टिम पावर रेसिप्रोकेटिंग इलेक्ट्रिसिटीको पनि आविष्कार गरे ।
यसलाई १८९३ मा पेटेन्ट गरे । उनको बाल्यकालको सपना प्रति सेकेन्ड २२५,००० क्युबिक फिट बग्ने नाएग्रा फल्सबाट बिजुली निकाल्नु थियो । जुन २ लाख टन कोइला बाल्दा प्रति वर्ष उत्पन्न हुने उर्जा बराबर हो । सन् १८९६ मा एउटा विशाल इलेक्ट्रिक मोटर र जेनेरेटरलाई नाएग्रा फल्समा स्थापित गरे । अनि सुरु भयो इलेक्ट्रिक युगको ! जसले अमेरिकाको घरघरमा उज्यालो छिरिदयो । सँगै नयाँ औद्योगिक युगको क्रान्तिसमेत सुरु भयो ।
टेस्लाले १८९० पछि वायरलेस इलेक्ट्रीसिटिको अनुसन्धान पनि सुरु गरे । उनी वायरलेस इलेक्ट्रीसिटि कसरी पास गराउन सकिन्छ भनेर लामो अनुसन्धानमा जुटेका थिए । यो सँग सम्बन्धित काम गर्न चाहन्थे जसको लागि उनलाई २ लाख डलरको आवश्यकता थियो । अन्तत सन् १९०१ मा जेपी मोर्गन जो अमेरिकाका सबैभन्दा ठुला व्यापारी थिए । उनले टेस्लाको उक्त प्रोजेक्टमा ५१५ सेयरको मागसहित लगानी गर्न तयार भए । टेस्लाले स्वोरहाम न्यूयोर्कमा वार्डनक्लिफ टावर बनाएर काम सुरु गरे ।
यसैबीच जेपी मोर्गनले बुझे कि टेस्लाले यो प्रोजेक्टबाट संसारमा बिना पैसामा बिजुली बाँढ्दैछन् । उनलाई सितैको बिजुलीबाट केही फाइदा नहुने भएकाले उक्त प्रोजेक्टमा बाकीं पैसा नलगाउने भए । टेस्लाले जसो तसो १९०६ सम्म त उक्त प्रोजेक्ट चलाए तर अन्त्यमा आर्थिक समस्याका कारण उनलाई टावरको कर्जा चुकाउन उक्त जमिन नै धरौटीमा राख्नुपर्ने भयो । पछि १९१५ मा उक्त टावरलाई भत्काईयो र त्यो जमिन बिक्री गरियो ।
१९२६ मा टेस्लाले भनेका थिए, ‘दुनियाँमा जब वायरलेस टेक्नोलोजीको पूर्ण विकास हुन्छ तब हामी जति टाढा रहेर पनि एक अर्कासँग कुरा गर्न सक्नेछौ । आगामी दिनमा यस्ता प्रकारका उपकरण बन्ने छन् जसलाई खल्तीमा राखेर हिँड्न सकिने छ ।’ टेलिभिजनबाट हामी एक अर्कालाई नजिक बाटै देख्न सक्छौ, जस्तो कि हामी एक अर्काको नजिकै उभिएका छौ । उनी टाएम मेशिन मा पनि काम गरिरहेका थिए । उनले भनेका थिए कि उक्त मेसिनबाट एउटै समयमा भूत, वर्तमान र भविष्य देख्न सकिन्छ ।
एक्सरे, डेथरे, एमआरआइ, रेडियो वेभस् रोबोटिक्स, लेजर, राडार र एयरसिप आदिको आविष्कारसँग निकोला टेस्लाको नाम जोड्डीएको छ । उनको मान्यता थियो कि जीवनमा हरेक मानिसलाई स्वतन्त्रता चाहिन्छ, चाहे पुरुष वा महिला । सायद उनलाई चाहिने स्वतन्त्रता उनले वैवाहिक सम्बन्धमा सम्भव नदेखेर हुनसक्छ, उनले जीवन भर विवाह गरेनन् । उनले जीवनभर जति कमाए त्यो सबै आफ्ना कर्मचारीहरुलाई बाँडे । जसकारण उनी निकै गरिब भए र आफ्नो जीवनको अन्तिम क्षण गरिबीमा बिताए । ७ जनवरी १९४३ मा ८६ वर्षको उमेरमा न्यूयोर्क होटेलमा हृदयघातका कारण उनको मृत्यु भयो ।
#विज्ञान, प्रविधि, आविष्कार, समाज र व्यापारको चित्रण टेस्लाको जीवनीबाट
।