सूचनाको शक्ति - The Power Of Information

        

साउदी अरबकी पहिलो महिला चालकको संघर्ष

विश्वभर मानिस आफ्नो हकअधिकारका लागि लडाई गरी रहेका हुन्छन् । कोही सरकारसँग लड्छन् भने कोही समाजका विपरीत आफ्नो बिचारको लडाई लड्छन् । आखिर हाम्रो लडाई कोसँग हो त ? आफू सही छु कि गलत मूल्याङ्कन आफूले नै गर्ने हो । तर पनि कहिले कहीँ अन्योलमा परिन्छ ।
जब मेरो छोराले मलाई सोध्यो, ‘आमा, के हामी खराब मान्छे हौँ ?’ यो प्रश्नले म केही क्षण आत्तिए । यस्तो बिचार छोराको मनमा कताबाट आयो होला ! सोच्दै गरे । म र मेरो छोरो गाडीमा डुलेको फोटो फेसबुक मार्फत धेरै साउदीका नागरीकले देखेका रहेछन् । यसकारण, मलाई पुलिसको कष्टडीमा राखे । मेरो भाईलाई पनि पुलिसहरूले सताउन छोडेनन् । गाडी चलाए कै कारण धेरै मान्छेले मलाई प्रोस्टिट्युट पनि भने ।
सायद यस्तै कुराहरूले मेरो छोरालाई पनि प्रभाव पारेको हो । तर, म गाडी चलाउने प्रयासबाट पछि हट्ने काम मैले गरिन । त्यसपछि, गाडी चलाउँदै म नियम–कानुनबारे पनि सचेत हुन थालेँ । साउदी अरबको कुनै पनि नियम–कानुनले महिलालाई यातायात साधन चलाउनबारे रोकेको छैन । महिलाले सवारी साधन नचलाउने प्रचलन त सामाजिक संस्कार पो रहेछ । यो मात्र सामाजिक बाधक रहेछ ।
फेरी कुरा आउँछ यस्तो सामाजिक प्रचलन कसरी बस्न गयो होला त ? म यसको प्रमाण खोज्न तर्फ लागे । मैले एउटा मात्र कारण फेला पारे, जुन अन्य साउदीका नागरीकलाई विरलै थाहा होला । एक शक्तिशाली अन्तर्राष्ट्रिय संस्थाको अध्ययनले पत्ता लगाएको रहेछ कि जुन ठाउँमा महिलाहरूले सवारी साधन चलाउँछन् त्यहाँ बलात्कार, विवाह अतिरिक्त सम्बन्धका घटनाहरूमा रिपोर्ट धेरै दर्ता हुन्छन् ।
साउदी अरब बारेक अन्य सबै राष्ट्रमा महिलाहरूले सवारी साधन चलाउँछन् । अब मलाई माथिको अध्ययनमा आफ्ना मुल्य–मान्यता टिकाई राख्न मन लागेन । त्यसपछि, मैले युट्युब अभियान सुरु गरे । युट्युब मेरो अभियानलाई घृणा गर्नेहरू त भई हाल्छन् तर साथ दिनेहरूले गजब गरिदिए । मेरो प।ामा वा भनम महिलाहरूले सवारी चलाउने प।ामा पीतिशन (आवेदन) मा सर्वसाधारणले हस्ताक्षर गर्नु भयो ।
आवेदनलाई साउदीका राजाको हातमा पेस गरियो । अनि, ९ दिन पछि मलाई जेलबाट मुक्त गरियो । यसरी बल्ल एक रुढिवादी प्रथाको अन्त्य हुनसक्यो । मेरो विश्वास यो छ कि जबसम्म समाजका महिलाहरू स्वतन्त्र हुँदैनन्, तबसम्म हाम्रो समाज स्वतन्त्र हुँदैन । अब पुर्न विचार गरौँ, ‘हाम्रो लडाई समाजको विपरीत हो कि सरकारको विरोधमा हो ?’ मनन गरौँ र आफ्ना जीवनका आगामी पाइला अघि सारौँ ।

 

TED Global A Saudi woman who dared to drive | Manal al-Sharif बाट साभार

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १५:३८

सिफारिस