बाँके । बाँकेको खजुरा गाउँपालिकाले आफ्नो मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । घरमै बसेर पनि गाउँपालिकाले प्रबाह गर्ने सेवाबारे बुझ्न सकिने गरी मोबाइल एप्स् सञ्चालनमा ल्याएको हो । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लिकेशनमा गएर खजुरा म्युनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रबिधि अधिकृत सुरेश साहुले जानकारी दिए ।
उनले सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप्स् सञ्चालनमा ल्याएको बताए । एप्स्बाट गाउँपालिकाले प्रदान गर्ने सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा बिवरण, महत्वपूर्ण स्थानहरुको जानकारी र आपतकालिन नंम्बर उपलब्ध हुने गाउँपालिका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताए ।
गाउँपालिकाले दिने सेवा प्रबाहलाई अझ प्रभावकारी बनाउन मोबाईल एप्स्ले टेवा पुग्नेमा अध्यक्ष कक्षपतिले विश्वास ब्यक्त गर्नुभयो । खजुरा गाउँपालिकाले जनताले पाउने सेवा सुविधाको सूचना प्रविधिबाटै जानकारी दिने उद्देश्यले मोबाइल एप्स् सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि खजुरा गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाइनमार्फत सञ्चालनमा ल्याइसकेको छ ।
।