सूचनाको शक्ति - The Power Of Information

        

पतिविरूद्ध न्यायाधीशपत्नीको आरोप, ‘न ओछ्यानमा फेस गर्न सक्ने न कागजपत्रमा !’

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतविरूद्ध पत्नी ललिता राउतले गम्भीर आरोप सार्वजनिक गरेकी छन् । विवादीत विषयमा थुनामा परेर निस्किएपछि सम्बन्ध बिच्छेदका लागि न्यायाधीश राउतले दबाब दिएको भन्दै उनले महिला अधिकारकर्मी लिएर घर पुगेकी थिइन् । उनलाई घर प्रवेशमा सुरक्षाकर्मीले रोकपछि पतिविरूद्ध गम्भीर आरोपसहित निजी कमजोरीका विषयमा खुलासा गरेकी छन् ।
उनले भनेकी छन्, ‘मैले बच्चा चाहियो भन्दा मलाई जेलसम्म पुर्याइयो, उहाँ मसँग केही कुरामा फेस गर्न नसक्ने हुनुभयो । मलाई घर छिर्न दिइएन ।’ उनले पतिपत्नीबीचको शारिरीक सम्बन्धका विषयमा पनि खुलासा गरेकी छन् । न्यायाधीश राउतसँग बिहे भएको १५ बर्षसम्म तीनरचार पटकमात्र शारीरिक सम्बन्ध भएको बताएकी उनले भनिन्, ‘उहाँ अप्राकृतिक हस्त मैथुनमा रमाउनु हुँदोरहेछ ।’ २९ मंसिर, २०६१ मा राउतसँग बिहे गरेकी ललिताले मन भुलाउनका लागि बारम्बार सन्तान माग्दा पनि नदिएको आरोप लगाएकी छन् ।
उनले बिहेपछि आफुले बारम्बार बच्चा चाहियो भन्दा समय नै नदिएको आरोप लगाएकी छन् । उनले भनिन्, ‘मैले निरन्तर बच्चा चाहियो भनें । उहाँले दिन्छु भन्नुभयो । तर, उहाँ बेडमा पनि फेस गर्न नसक्ने, बाहिर पनि फेस गर्न नसक्ने मान्छे । कागजपत्रमा पनि फेस गर्न सक्नुभएन । बरू मलाई थुन्नु भयो ।’
उनले घरअगाडी नै भनिन्, ‘दुई चार पटकभन्दा सम्बन्ध स्थापित भएन । उहाँ खाली पार्टी र मिटिङमा हिँड्नु हुन्थ्यो, १२÷१ बजे राती आउने । मैले बच्चा मागें । तर, औषधी खाएको छ डेढ बर्ष पर्ख भन्नुहुन्थ्यो ।’ अहिले घर छिर्न नदिएपछि महिला अधिकारकर्मी सावित्री सुवेदीसहित न्याय माग्दै घर पुगेकी ललिताले जोडिन्, ‘हामीबीच बच्चाका विषयमा नै झगडा हुन्थ्यो । त्यसपछि सम्बन्ध बिच्छेद गरौं भन्दा तँलाई नांगेझार पार्छु, सडकमा ल्याउँछुु भन्नुभयो ।’

यसरी छताछुल्ल भयो भित्री कथा
उदयपुरमा गएको साउनमा ललितालाई पक्राउ गरेपछि न्यायाधीश दम्पत्तिको निजी सम्बन्धका घटना छताछुल्ल भएको थियो । ललितासहित उनका दाजुभाउजुलाई न्यायाधीशको हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा प्रहरीले उदयुपरको कटारीमा पक्राउ गरेको थियो । ललितासँगै उनका दाजु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहानलाई पक्राउ गरी २० दिनसम्म थुनामा राखिएको थियो ।
न्यायाधीश राउतका पिता बलबहादुर राउतले छोरा प्रकाशमानसिंह राउतको किर्ते हस्ताक्षर र औंठाछाप गरेर ललिताले अर्कैको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएको भन्दै दिएको उजुरीका आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको थियो । थुनामुक्त भएपछि ललिताले न्याय माग्न घर आउँदा छिर्न नदिएको र दिदीको घरमा बसेको बताएकी छन् । उनले आफू पीडित भएको भन्दै अधिकारकर्मी बोलाएर छोडपत्रका लागि न्यायाधीशसँग माग गरेकी छन् ।

 

 

#दैनिक नेपाल

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार १८:४४