सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले शुक्रबार राति विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका हुन् । गत अप्रिलमा उनकी श्रीमती बारबाराको निधन भएको थियो ।
सोहि महिनादेखि उनको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई अस्पतालमा राखिएको थियो । अमेरिकाका ४१ औं राष्ट्रपति उनले सन् १९८९ देखि सन् १९९३ सम्म सत्ता सम्हालेका थिए । दोस्रो कार्यकालका लागि निर्वाचनमा उठेका उनलाई विल क्लिन्टनले राष्ट्रपतिय निर्वाचनमा पराजित गरेका थिए ।
सन् १९८१–१९८५ र १९८५–१९८९ सम्म उनले दुई कार्यकाल लगातार अमेरिकाको उपराष्ट्रपति पद सम्हालेका थिए । त्यसबेला रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति थिए । रिपब्लिकन पार्टिबाट राजनीति सुरुवात गर्नुपूर्व उनी दोस्रो विश्वयुद्धका युद्धक विमान चालक थिए । उनी धनाढ्य तेल व्यापारी समेत थिए । एजेन्सी

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार ११:५७