सूचनाको शक्ति - The Power Of Information

        

निर्मला हत्यामा सरकारको कदमले आशंका उब्जिएको भन्दै राष्ट्रसंघको असन्तुष्टि

काठमाडौं । ‘युएन स्पेसर्ल यापोटर अन भायलेन्स अगेन्स्ट वुमन’ डुब्राभ्का सिमोनोभिकले निर्मला बलात्कार तथा हत्या सम्बन्धी छानबिनमा नेपाल सरकारको कमजोरी उनको अन्तिम रिपोर्टमा समावेश हुने बताएकी छन् ।
नेपालका विभिन्न दस गाउँको भ्रमण तथा व्यापक अध्ययन गरेकी सिमोनोभिकले बिहीबार पत्रकारहरुसँग भनिन्, ‘निर्मला प्रकरणमा सरकारको कदमले विभिन्न आशंका उठाएको र त्यो पक्षलाई आफ्नो अन्तिम प्रतिवेदनमा समावेश गर्नेछु ।’
त्यस्तै अघोषित रुपमा सरकार र देखिने केही मानवअधिकारवादी नेताहरुको गोप्य पहलमा संक्रमणकालीन न्यायका लागि विशेष संयन्त्र बनाउन भइरहेको खेलमा पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन् । राष्ट्रसंघ प्रवेश गरेको र उसले निश्चित मापदण्ड तय गरिसकेपछि त्योभन्दा फरक ढंगले संक्रमणकालीन न्यायबारे प्रतिपादन गर्ने कार्य राष्ट्रसंघका लागि आपत्तिजनक मानिनेछ ।
खासगरी सत्ताधारी नेकपासँग नजिक मानिएका केही मानवअधिकारवादी नेताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई विस्थापित गरी अर्को उच्चसंयन्त्र बनाउने खेल भइरहँदा सिमोनोभिकको यो भनाइ सरकारका लागि चेतावनीस्वरुप आएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १०:२६