सूचनाको शक्ति - The Power Of Information

        

किशोरी बलात्कार गर्ने गुरुङ पक्राउ

पोखरा । माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनका अनुसार ७ गते घर फर्केकी किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारको सोधपुछमा उनले घटनाबारे जानकारी दिएपछि सुरजलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार ०८:१३