सूचनाको शक्ति - The Power Of Information

        

बुटवलमा ‘फेशन शो’

बुटवल । युवाहरुको आन्तरिक र वाह्य प्रतिभालाई बाहिर निकाल्न बुटवलमा खुला फेशन सो कार्यक्रम भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक साँस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर युवाहरुले लगाउने पोशाक र पहिरनको शो गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ५ का सांसद निर्मला क्षेत्रीले सकारात्मक विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र फेसनबाट नेपाललाई विश्वमा चिनाउन सकिने विश्वास ब्यक्त गरिन् । फेसन शोलाई मर्यादित तरिकाले अघि बढाउन सके यसको भविष्य राम्रो हुनेमा उनले जोड दिइन् ।
४५ जना सहभागी उक्त फेशन शोमा नेपाली कला संस्कृति झल्कने खालका पहिरनको प्रदर्शन गरिएको थियो । पेजेन्ट नेपालका अध्यक्ष राज लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा सिने निर्माता प्रदिप उदय, चर्चित उद्घोषक गोपालप्रसाद अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रममा गायक सपन श्रेष्ठ, पूर्णिमा लामा, धु्रब बिष्ट, सावित्री जोशी, नन्दा बस्याल, ईन्दिरा भट्टराई, लक्की दिपक, प्रिटिना गिरी लगायतले साँस्कृतिक प्रस्तुती देखाएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आविष्कार खनाल र स्मारिका लामाले गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार ०८:३०