सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा मनाइँदैछ मोहम्मद डे (फोटोफिचर)

बाँके । नेपालगन्जका मुस्लिम धर्मालम्वीले पनि आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४४० औं जन्म जयन्ती (मोहम्मद डे) मनाइरहेका छन् । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ ।
उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । नेपालगन्जमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्मदिनको अवसरमा आज नगरमा बृहत ¥याली निकालेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १३:३४