सूचनाको शक्ति - The Power Of Information

        

भलिवल प्रतियोगिता आयोजना गर्दै शक्तिशाली

सिम्ता (सुर्खेत) । सुर्खेतको सिम्ता गाउँपालिकामा शक्तिशाली युवा क्लब काप्रीचौरले वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्थानीय घाटको जात्राको अवसर पारेर यहि मंसिर ५ गतेदेखि वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
सिम्ताको गोजीबजारमा हुने प्रतियोगितामा गाउँपालिकाका सबै वडाहरु सहभागी हुने क्लबका अध्यक्ष गंगाराम सापकोटाले बताए । जिल्ला समन्वय समिति सुर्खेतकी सदस्य बालकुमारी पुन घर्तीबाट उद्घाटन हुने प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, द्वितिय हुनेलाई २२ हजार र तृतीय हुनेलाई १२ हजार पुरस्कार पाउनेछन् । टिम दर्ताका लागी ३ हजार १०५ रुपैयाँ लाग्ने अध्यक्ष सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतवार ०७:५६