सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्ष मल्लद्वारा प्रतिमालाई आर्थिक सहयोग

खजुरा । खजुरा ४ डि गाउँकी प्रतिमा शर्माको अध्ययनका लागि खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्लले तीन महिनाको तलब सहयोग गरेका छन् । शुक्रवार निवासमै पुगेर वडाध्यक्ष मल्लले रकम हस्तान्तरण गरेका हुन् ।
मल्लले प्रतिमाका बुवा मदन ढुङ्गाना र आमा सितादेवीलाई ५९ हजार ४०० रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिबिएसमा छात्रवृत्तिमा नाम निकालेकी शर्माको आर्थिक अवस्था कमजोर भएपछि सहयोग संकलन भइरहेको छ । मल्लले गतबर्षको तलब गाउँकै क्लबलाई सहयोग गर्दैछन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १३:५१