सूचनाको शक्ति - The Power Of Information

        

सेलो गीत ‘उँभो त हाम्रो लेकै’मा (भिडियोसहित)

बुटवल । गायक तथा संगीतकार तेजु अर्यालको सेलो गीत ‘उँभो त हाम्रो लेकैमा गोठमा हिँउ परेछ,’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रीनगर फिल्मस प्रोडक्सन प्रालिको प्रस्तुतिमा रहेको सेलो गीतमा तेजु अर्याल र मनिसा पोख्रेलको स्वर रहेको छ ।
जयराम थापाले निर्माण गरेको म्युजिक भिडियोको मनिस पन्थले छायांकन, सम्पादन तथा निर्देशन र लोकेन्द्र शाहले नृत्य निर्देशन गेका हुन् । गीतमा किशोर श्रेष्ठ र संगीता थापा मगरको अभिनय रहेको छ । भिडियोलाई श्रीनगर फिल्मसको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार २०:२८