सूचनाको शक्ति - The Power Of Information

        

छुरा प्रहारबाट हरिबहादुरको मृत्यु

बाँके । मादक पदार्थ सेवनका क्रममा होटल सञ्चालकसँग विवाद भएपछि बाँकेमा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते बुढामगरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपका बेला होटल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ । छुरा प्रहार गरेको आरोपमा होटल सञ्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार १३:३४