सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा सम्पत्ति करसम्बन्धी अभिमुखिकरण

खजुरा (बाँके) । बाँकेको खजुरा गाउँपालिकाले आफ्ना प्रत्येक वडामा सम्पत्ति करसम्बन्धी अभिमुखिकरण सञ्चालन गरिरहेको छ । गाउँपालिकाभित्र रहेका हरेक वडाको समन्वयमा गाउँमा पुगेर भेला गरी सम्पति कर सम्बन्धी अभिमुखिकरण गरीएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
केहि वडामा सम्पत्ति करसम्बन्धी स्थानियलाई अभिमुखिकरण गरिसकिएको अध्यक्ष कक्षपतिले बताए । चरणबद्धरुपमा सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रम अन्तरगत आज वडा नं. ३ मा सञ्चालन गरिएको छ । आज वडा नं.३ मा रहेको क गाउँ, धौलागिरीमा सम्पतिकर सम्बन्धी अभिमुखिकरण गरिएको वडा नं. ३ का सचिव थानेश्वर न्यौपानेले जानकारी दिए ।
अभिमुखिकरणमा सम्पतिकरका फाइदा, बेफाइदा, कुन स्थानलाई कति कर लगायत मुल्याङ्कनका आधारका विषयहरुमा जानकारी गराइएको वडासचिव न्यौपानेले जानकारी दिए । वडा नं. ३ मा आजबाट शुरु भएको अभिमुखिकरण तिन दिनसम्म सञ्चालन गरिने वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतमले जानकारी दिए । अभिमुखिरणको सहजिकरण गाउँपालिकाका विज्ञ टोली, वडासचिव लगायतले गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ०६:४८