बाँके । चितुवा गाउँमा पसेर आक्रमण गर्न थालेपछि गौरीगाउँका स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने गौरीगाउँमा पसेको चितुवा स्थानीयले नियन्त्रणमा लिएका हुन् । गौरीगाउँमा पसेर स्थानीय कैलाश थारुलाई आक्रमण गर्न खोजेपछि चितुवालाई नियन्त्रणमा लिइएको बैजापुरबाट पत्रकार हेमन्त चौधरीले जानकारी दिए ।
उनका अनुसार चितुवाको लम्बाई करिब २ मिटर रहेको छ । नियन्त्रणमा लिइएको चितुवालाई इलाका प्रहरी कार्यालय धामपुरमा राखिएको र बाँके राष्ट्रिय निकुञ्जको टोली आउँदै गरेको इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरीक्षक कमल थापाले जानकारी दिए । चितुवा हेर्न इलाका प्रहरी कार्यालय अगाडि स्थानीयहरुको भीड लागेको छ ।
।