सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा बोयर जातका बोका वितरण

बाँके । नरैनापुर गाउँपालिकाले उन्नत नश्ल सुधार कार्यक्रम अन्तरगत सबै वडामा बोयर जातका बोका विरतण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका कृषकलाई १८ वटा बोका वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
प्रत्येक वडाका ३ जनालाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७५ प्रतिशत शुद्धता भएका बोयर जातका बोका वितरण गरेका हुन् । गाउँपालिका कार्यालयमा एक कार्यक्रम गरी १२ लाख मूल्य बराबरका २४ देखि ३६ किलोसम्मका १८ वटा बोका वितरण गरिएको हो ।
बोका वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहले उन्नत नश्ल सुधार गर्दै स्थानीयको आयआर्जनमा टेवा पुर्याउन बोका वितरण गरिएको बताए । थोरै समयमा धेरै तौल बढ्ने यो जातको बाख्राले मनग्य आम्दानी गर्न सहयोग पुग्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार ०१:४१