सूचनाको शक्ति - The Power Of Information

        

ट्रक र माइक्रो बस दुर्घटनाका मृतक र घाइते सबैको सनाखत (नामावलीसहित)


बाँके । पूर्वपश्चिम राजमार्गमा ट्रक र माइक्रो बस ठोक्किँदा मृत्यु र घाइते भएकाहरु सनाखत भएको छ । आज विहान भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।

मृत्यु हुनेमा दाङ्ग तुलसीपुर उपमहानगरपालिकाका ३० बर्षिय तुलसी रावत, २६ बर्षिया बसन्ती चौधरी, ४० बर्षिया नारायणी श्रीस, ३० बर्षिया दोर्णा बुढाथोकी, दाङ्ग शान्तिनगर गाउँपालिका–७ की ५१ वर्षिया मनकुमारी रावत र माइक्रो बसका चालक ३९ वर्षिय सुगन चौधरी रहेका छन् । मृतकहरुको शवंलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा राखिएको छ । दुर्घटनामा परी घाइते सबैको पहिचान खुलिसकेको छ ।

उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा दाङ्ग तुलसीपुर–१ का २८ वर्षिय मोहन जोशी, वडा नं. ३ की २३ वर्षिया अन्जली बर्मा, वडा नं.५ की ५० वर्षिया धनीसरा चौधरी, २४ वर्षिया गिता भण्डारी र २२ वर्षिया अन्जली पुन रहेका छन् ।
त्यस्तै वडा नं.६ की ४० वर्षिया इन्दीरा केसी, ४२ बर्षिया इश्वरी बिक, ३६ वर्षिया कल्पना बस्नेत र ४९ वर्षिय टेकबहादुर सुनार, वडा नं. ७ की २१ वर्षिया कृष्णाकुमारी रिजाल, ४८ वर्षिया मनकुमारी वली र वडा नं. ८ का २३ वर्षिय प्रेम बुढा रहेका छन् ।

घाइते हुनेमा रोल्पा थवाङ्ग गाउँपालिका–२ का ४२ बर्षिय कर्मबहादुर बुढा र ४३ बर्षिया रासकुमारी रोका रहेका छन् । त्यस्तै सल्यान छाँयाछत्र गाउँपालिका–३ की २२ बर्षियाा मिना योगी र शारदा नगरपालिका–१४ की ३० बर्षिया चन्द्रकला पुन रहेका छन् । दाङबाट नेपालगन्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको माइक्रो बस र नेपालगन्जबाट विपरित दिशातर्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिका–९, मुगुवा खोला नजिकै दुर्घटना भएको हो ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ११:४९