बाँके । सिम्ताली एकता समाज बाँकेले शनिबार कोहलपुर नगरपालिका स्तरीय बृहत बैठकको आयोजना सम्पन्न गरेको छ । भेलामा बोल्दै प्रमुख अतिथि एवं पूर्व राज्यमन्त्री दलबहादुर सुनारले बाँके जिल्लामा रहेका सिम्तालीहरुलाई एकजुट र एकिकृत गर्नुपर्ने बताए ।
उनले सिम्ताली एकता समाजले सिम्ताको संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्ने बताए । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा घर भई हाल बाँकेको कोहलपुर नगरपालिकामा अस्थायी तथा स्थायी बसोबास गर्दै आएका सिम्तालीहरुलाई एकतावद्ध गर्न बैठकको आयोजना गरिएको संस्थाका अध्यक्ष निमकान्त उपाध्यायले बताए ।
उक्त कार्यक्रममा आजिवन सदस्य किशोरराज मल्ललाई सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर शाहीले गरेका थिए भने सञ्चालन संस्थाका महासचिव ढालबहादुर मल्लले गरेका थिए । साथै समाजले अर्को बृहत भेला अशोज १९ गते गर्ने निर्णय समेत गरेको छ ।
।