सूचनाको शक्ति - The Power Of Information

        

बाँके आउँदै नेपाली तारा सन्तोष लामा

बाँके । नेपाली तारा सिजन २ का विजेता सन्तोष लामा बाँके आउने भएका छन् । नेपालको पहिलो सिङ्गीङ रियालिटी सोका बिजेता लामा पहिलो पटक भोली भदौ ३० गते बाँके आउन लागेका हुन् ।
बाँकेकै सबैभन्दा ठुलो धनराशीको ‘बाँके स्कुल आइडल–२०७५’ को ग्राण्ड फिनालेमा भाग लिन लामा नेपालगन्ज आउन लागेको प्रतियोगिता आयोजक मिडिया ल्याव प्रोडक्सन प्रालिका अध्यक्ष भरत महतोले जानकारी दिए ।
यहि भदौ ३० गते हुने फाइनलमा जिल्लाका १० वटा स्कुल सहभागी हुने भएका छन । सेमिफाइनल राउण्डबाट छानिएका उत्कृष्ट विद्यालयबीच हुने ग्राण्ड फिनालेमा लामासँगै अन्य राष्ट्रिय कलाकारहरु पनि सहभागी हुने बताइएको छ ।
‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराकासाथ मिडिया ल्याब प्रोडक्सन प्रालिले पहिलो पटक बाँके स्कुल आइडल–२०७५ प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा प्रथम हुनेले रु. १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय र तृतिय हुन सफल प्रतिस्पर्धी वा विद्यालयलाई क्रमशः ७१ र ५१ हजारसहित ट्रफि प्रदान गरिने आयोजक संस्था मिडिया ल्याब प्रोडक्सन प्रालिका सञ्चार संयोजक गजेन्द्र गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार ०२:३४