नेपालगन्ज । समता स्कुल डोल्पाको सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको छ । बाँकेको कोहलपुरमा रहेको समता उपकेन्द्र (व्यूरो) कार्यालयमा कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग संकलन गरिएको हो ।
बुधबार कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले १ हजार १०५ रुपैयाँ समता स्कुल डोल्पाका लागि दानका छन । कार्यक्रममा मेयर रावतले सबैले सहज शिक्षा पाउन् भन्ने उद्देश्यले आफुले थोरै भएपनि सहयोग गरेको बताए ।
उनले समताका संस्थापक उत्तम संजेललाई धन्यवाद दिदै यस अभियानमा आफुलाई समेत सहभागि गराउन पाउँदा हर्षित भएको बताए । कार्यक्रममा उपकेन्द्र प्रमुख रबि रोकायाले १ हजार दान गर्दै सबैका लागि शिक्षा अभियान बाँकेबाट शुरु गरीएको बताए । उनले अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउँदै ७७ वटै जिल्लामा सहयोग दान पेटीका राखिने जानकारी दिए ।
कार्यक्रममा समता स्कुल कोहलपुरका अभिभावक, शिक्षक, कार्यालय सहयोगी लगायतले समता स्कुल डोल्पाकालागि आर्थिक दान गरेका थिए । कार्यक्रममा नगद २ हजार ८०५ रुपैयाँ संकलन भएको समता उप केन्द्र कार्यालयले जानकारी गराएको छ ।
।