सूचनाको शक्ति - The Power Of Information

        

समाचारको खण्डन गर्दै वाम गठबन्धन बाँकेले भन्यो, ‘प्रमाण छ भने सप्रमाण प्रकाशन गर्नुस्’ (विज्ञप्तीसहित)

 


बाँके । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटी, बाँकेले स्थानीय एक सञ्चारमाध्यममा वाम गठबन्धनको चन्दा आतंक र आर्थिक सहयोग रकम रक्सी र भोजभतेर शीर्षकको समाचार आएपछि त्यसको खण्डन गरेको छ । वाम गठबन्धन निर्वाचन परिचालन कमिटी, बाँकेका संयोजक दिनेशचन्द्र यादव र सह–संयोजक प्रकाश सुवेदीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘बाँकेबाट प्रकाशित सद्भाव राष्ट्रिय दैनिक पत्रिकाको वर्ष ८ अंक २२१ र २२२ मा प्रकाशित समाचारप्रति हाम्रो घोर भत्र्सना र आपत्ती रहेको छ ।’
‘हाम्रा उम्मेद्वारहरु आर्थिक, सामाजिक, राजनीतिक र पारदर्शिताका हिसाबले अब्बल छन् । कहीँकतै गिद्दे दृष्टिबाट भएका दुष्प्रचार र अनर्गल अफवाहका पक्षमा नपर्न आम बाँकेबासी नागरिकलाई हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘हामीले वाम गठबन्धनसँग आवद्ध शुभेच्छुक, व्यक्ति तथा प्रतिष्ठानसँग निर्वाचन परिचालनका लागि सहयोगको अपेक्षासहितको अनुरोध गरेका हौँ । यो आम नागरिकलाई नभएर आस्थाका आधारमा गरिएको अनुरोध हो ।’
साथै विज्ञप्तीमा पत्रिकामा प्रकाशित भएजस्तो चन्दा आतंक कहीँकतै भएको वा गरेको प्रमाण भएमा सप्रमाण प्रकाशन गर्न अनुरोध गरिएको छ । ‘प्राप्त सहयोगलाई पारदर्शी बनाउने कुरा सोही पत्रमा समेत उल्लेख गरिएको थियो । यसलाई चन्दा आतंक मान्नु र पत्रमा हस्ताक्षर व्यक्तिहरुका विचारसमेत नबुझेर एकपक्षीय मनगढन्ते तथा पत्रकारिताको धर्म बाहिर गएर समाचार तयार पार्ने कार्यप्रति हाम्रो गम्भीर आपत्ती रहेको छ । पत्रकारिताको सिद्धान्तमा रहेर काम गर्ने पत्रकारले दुवै पक्षका विचारका आधारमा समाचार तयार पार्नुपर्छ की स्वच्छिक तरिकाले सम्पादकले समाचार बनाउने हो ?’ विज्ञप्तीमा भनिएको छ ।
साथै विज्ञप्तीमा आर्थिक सहयोगको रकम रक्सी र भोजभतेर शीर्षकको समाचार एकहोरो, एकपक्षीय र आवेगका भरमा छापिएको भन्दै प्रकाशित समाचारप्रति हाम्रो घोर भत्र्सना र आपत्ती रहेको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘यदी सम्पादकसँग प्रमाण भए जस्ताको तस्तै समाचार प्रकाशन गर्ने र हाम्रा विचार पनि समावेश गर्न सक्नुपथ्र्यो । वैचारिकरुपमा राजनीतिमा प्रतिश्पर्धा हुन्छ । राजनीतिक आस्थाको विचार पत्रिकामार्फत पाठक समक्ष पु¥याउनु पेशाको खिल्ली उडाउनु सिवाय अरु केही देखिँदैन । अन्यथा, जुनकुनै समयमा पनि निर्वाचन परिचालनका जिम्मेवार व्यक्ति तथा उम्मेद्वारका विचार पनि इमान्दारितापूर्वक सम्पादकले समावेश गर्न सक्नुपथ्र्यो ।’
विज्ञप्तीमा भनिएको छ, ‘हामी अविचलित रुपमा हाम्रो अभियानलाई आम नागरिककका बीचमा पु¥याइरहेका छौँ । पत्रिकामा प्रकाशित समाचारले वाम गठबन्धनका उम्मेद्वारलाई कमजोर बनाउन र जनताका भावना र विचारलाई मोड्नुभन्दा झन् कसिलो भएर वाम गठबन्धनको पक्षमा आम नागरिक, कार्यकर्ता तथा नेता जुट्ने छौँ ।’ पत्रिकामा भ्रामक, कपोकल्पित समाचार र यस पत्रिकाको वहकाउमा नलाग्न आम बाँकेबासी नागरिकलाई अनुरोध गर्दै भनिएको छ, ‘सत्यतथ्य बुझ्नका लागि सम्बन्धीत र जिम्मेवार निकायलाई अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ०९:१४