सूचनाको शक्ति - The Power Of Information

        

संस्कृतिको संरक्षणका लागि एकजुट हुनुपर्छ : पूर्व राज्यमन्त्री सुनार


बाँके । पूर्व सिचाईँ राज्यमन्त्री दलबहादुर सुनारले संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । सिम्ताली एकता समाज बाँकेको दोस्रो साधारण सभाका अवसरमा शनिबार कोहलपुरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संविधानसभा सदस्यसमेत रहेका सुनाले भने, ‘सिम्ताली संस्कृतिभित्र अनेकता छ, त्यसलाई जोगाइराख्न हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ ।’ पछिल्लो पुस्ताले पुर्खाहरुको पहिचान, भेषभुषा, रहनसहन बिर्सिएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई जोगाउन सबैको हातेमालो जरुरी रहेको बताए ।
सुनारले अबकोे सिम्ताली एकता समाज भव्य, विकसित अझ दरिलो बनाउने अभियानमा लाग्न सिम्तालीहरुलाई आग्रह गरेका थिए । उनले समाजलाई अघि बढाउनका लागि आगामी दिनमा आफ्नो भूमिकालाई सशक्त बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

अध्यक्षमा उपाध्याय चयन
साधारणसभाले निमकान्त उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा यज्ञबहादुर शाही, उपाध्याक्षमा शोभा सिंह ठकुरी, महासचिवमा ढालबहादुर मल्ल, सचिव लिलाधर ढकाल र कोषाध्यक्षमा धने थापालाई चयन गरेको छ ।
त्यसैगरी, वरिष्ठ सदस्यमा पुष्पा शाही, सदस्यहरुमा निरक पोखरेल, प्रताप सिंह ठकुरी, रुपसिंह भण्डारी र तिलक बुढालाई चयन गरेको छ । त्यस्तै सल्लाहकार सदस्यमा भक्तबहादुर चन्द, सुरतबहादुर खत्री र धने रानालाई चयन गरेको छ भने प्रेस सल्लाहकारमा काशीराम शर्मालाई चयन गरेको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतवार ०२:११