सूचनाको शक्ति - The Power Of Information

        

बलात्कार : अब त अति भएन र ?


तारा चापागाई

हरेकदिन छोरी असुरक्षित बन्दै छन् । दिन प्रतिदिन घटना हामी सामु आएको छ । फितलो कानुनका कारण नै महिलाहरु असुरक्षित भएका हुन् भन्नेमा कुनै शंका छैन । हरेकदिन महिला बलात्कार भइरहेको खबर कहाली लाग्दा घटना र दृश्यले हाम्रो मस्तिष्कमा घर बनायो । चेलीहरु घरदेखि बाहिरसम्म कहिँ पनि सुरक्षित छैनन् । बिहानै कुनै छोरी स्कुल, कलेजको लागि घरबाट निस्कन्छे, बेलुकी सुरक्षित घर फर्कने हो कि होइन भन्ने ग्यारेन्टी छैन । भरखरै मात्रै कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले भयावह स्थिति सृजना गरेको छ ।
त्यसलगत्तै पोखरा लामाचौर–१९ कि १३ वर्षिय किशोरी पुष्पा केसी मृत अवस्थामा भेटिइन् । हाम्रो समाज कुन दिशातर्फ मोडिँदैछ । पुरुष भएर जन्मिएका दानवहरुको संख्या बढ्दै गएको छ । पुरुषवादी समाजले जरो गाडेको हुँदा कति छोरी गर्वमै प्राण त्याग्न बाध्य भए । तर परिवर्तन समाजले महिला पुरुष बरावर हुन् छोरी पनि छोरा समान हुन् भन्ने आभाष दिलायो । फेरि छोरी जन्माएर जोगाउने चिन्ता, दानवको रुपमा जन्मिएका ति पुरुष पनि महिलाकै कोखबाट जन्मिएका हुन् । अब त अति भइसक्यो एउटा आमाले छोरा जन्माए बलात्कारी र छोरी जन्माए बलात्कृत हुने हो कि भन्ने त्रास सँधै रहने भयो ।
काकाले भतिजीलाई बाबुले छोरीलाई समेत पनि बलात्कार गर्न पछि नपरेका घटना समाचारहरु बनेका छन् । नावालक बालिकादेखि वयस्क महिलाहरु पनि बलात्कृत हुने गरेका छन् । कतिपय बलत्कारको घटनामा रक्षक नै बलात्कारको दोषी भएका समाचार हामी पढ्न बाध्य छौं । सार्वजनीक स्थल, होटल, वनजंगल होटल, स्कुलमा मात्र होइन सुरक्षा दिने प्रहरीको हिरासतमा समेत महिलाहरु बलात्कृत भएका छन् । त्यतिमात्रै होइन, पछिल्लो समय त बलात्कारपछि पोल खुल्ने डरले हत्याका घटनामा वृद्धि भएका छन् ।
नेपालको कानुनमा मृत्युडण्डको ब्यवस्था नभए पनि मुलुकी ऐन अनुसार महिलालाई विशेष प्रतिरक्षाको अधिकार कानुनले दिएको छ । जुन कानुनले बलात्कृत महिलाद्वारा बलात्कारीलाई मार्न पाइने कानुन छ । नेपालको मुलुकी ऐन जवरजस्ती करणीले कुनै पनि पीडित महिलाले आफू बलात्कृत भएको एक घण्टाभित्र पीडक अथवा बलात्कारीलाई मारेको खण्डमा ती महिलालाई कानुन नलाग्ने छुट दिएको छ । महिलाहरु अधिकारबारे सचेत हुने हो भने आफु बलात्कृत हुनासाथ बलत्कारीलाई मारिदिन सक्दछन् ।

हरेकदिन ताजा खबर बोकेर आउने अखवारले महिला बलत्कारको घटनाका समाचार बोकेरै आएका हुन्छन् । कतिपय घटनाका दोषीहरु जेल सजाय पनि भोगिरहेका छन् । तर पनि बलत्कारको घटना घट्नुको सट्टा बढ्दो अनुपातमा रहेको पाइन्छ ।

तर यो कानुनको महलबारे अधिकांश बलात्कृत हुने महिलाहरु नै अनविज्ञ छन् । एउटा महिलाको अस्मिता त्यसमाथि पनि बलजफ्ती बलात्कार गरेर यौन पिपाषुहरुले यौनको तृष्णा मेटाउन खोज्नु घृणित कार्य हो । र समाजले पनि त्यस्ता कार्यलाई जघन्य अपराधको रुपमा लिएको छ । अहिलेसम्मका घटनालाई हेर्दा जसले प्रतिकार गर्न सक्दैनन् त्यस्ता व्यक्ति बलात्कृत हुने गरेको देखिन्छ । जसमा बालिका र वृद्धा महिला पर्छन् । पहिलो कुरा त बालिका र वृद्धामाथि मन्द मानसिकता भएका व्यक्तिले बलात्कार गर्छन् ।
किशोरीहरूमाथि हुने बलात्कार भने अलि फरक छ । किशोरी वा युवा महिलामाथि हुने बलात्कारमा एउटा केटा मात्रै दोषी हुँदैन, त्यसमा त्यो बलात्कृत हुने किशोरी या महिलाको पनि दोष हुन्छ । जबसम्म हाउभाउ त्यो स्तरको हुँदैन तबसम्म युवा महिला वा किशोरी बलात्कृत हुँदैनन् । सबैको मुख्य कारण भनेको आफुभित्रको यौन तृष्णा, जसलाई जुन तरिकाबाट पनि तृप्त पार्न खोज्नु नै हो । यौन पिपाषुहरुले आफ्नो छोरी, दिदी, बहिनी वा आफन्त केही देख्दैनन् बस हवस पुरा गर्ने बाटोमात्र खोज्छन् । र बाहिरभन्दा घरमा भएको घटनामा आफन्त पनि चुप बस्छन् ।
यसकारण घरभित्र झन् बलात्कारका घटना मौलाएको छ । पारिवारले नै यस्ता घटनालाई ढाकछोप गर्दा बलात्कारका घटना बढिरहेका छन् । हाम्रो समाज महिलामैत्री कहिले बन्ने ? आजकल प्रत्येक दिनजसो बलात्कारका घटना भइरहेका छन् । हरेकदिन ताजा खबर बोकेर आउने अखवारले महिला बलत्कारको घटनाका समाचार बोकेरै आएका हुन्छन् । कतिपय घटनाका दोषीहरु जेल सजाय पनि भोगिरहेका छन् । तर पनि बलत्कारको घटना घट्नुको सट्टा बढ्दो अनुपातमा रहेको पाइन्छ । घर बाहिर गएकी छोरी समयमा घर नपुग्दा परिवारमा चिन्ता हुन थालेको छ ।
कामका लागि अरुको घरमा बसेकी छोरी बलात्कारको शिकारमा भएका छन् । आखिर किन हुन्छ बलात्कार ? कानुन फितलो भएर ? दोषीलाई उचित कारवाही नभएर ? वा पुरुषले महिलालाई हेप्ने प्रवृति ? प्रश्नै प्रश्नको गाँठो कहिले फुक्छ ? कारण जे होस् हरेकदिन दानवको शिकार बनेका छन् महिला । जसले हरेक महिला आफुलाई असुरक्षित महसुस गरेका छन् । हरेक आमालाई छोरीको मात्रै चिन्ता होइन छोराको पनि चिन्ता छ । कतै छोरा बलात्कारी बन्ने त होइन ? नेपालमा कानुन फितलो भएको कारण नै बलात्कारको घटनामा बृद्धि भएको हो भन्ने सबैको ठम्याइ छ ।
अन्य देशको तुलनामा हाम्रो देशको कानुन पनि फितलो नै हो । यदि फाँसी दिने कानुन भएको भए सायद यतिधेरै बलात्कारका घटना बढने थिएनन् होला । अब त अति भो सरकार, हरेकदिन भइरहेका यस्ता घटनाले प्रत्येक आफु असुरक्षित महसुस गर्दैछन् । महिला जीवन रक्षाको सुरक्षा सरकारले गर्नुपर्ने हुन्छ । शारिरिक रुपमा महिला कमजोर भएकै कारण उनीहरुसँग लडेर भाग्न सक्ने अवस्था नरहन पनि सक्छ । किनकी दानव आफनो उमेर समुहकालाई मात्रै बलात्कार गर्दैन् । वृद्ध वा बालिका पनि बलात्कारको शिकार बनेका छन् ।
बोली नफुटेकी बालिका बलात्कार भएका धेरै घटना छन् । घरभित्रै बाबु र हजुरबुवाबाट किशोरी बलात्कारका भएका छन् । घटना घट्नु र सेलाउने सिलसिला चलिरहेकै छ । संवेदनहीन समाजमा अपाङ्ग र अशक्त पनि छाडिएनन् । वृद्धासमेतको बलात्कार भएको धेरै घटना छन् । आधुनिकताले गाँजेर स्वार्थी बन्दै गएको समाजमा अपराध बढ्नु स्वाभाविक हो । तर, बारा घटनाका पीडक कति नृशंश रहेछन् भन्ने घटनाको प्रकृतिले प्रष्ट पार्छ ।
त्यसैले सामाजिक र नैतिक शिक्षा पनि अहिलेको प्रमुख आवश्यकता हो । मानिसलाई नैतिकवान बनाउने खालका शिक्षा पद्धतिको अभावले पनि अहिले आपराधिक गतिविधि बढाइरहेको छ । यसलाई रोक्न सबै तह र तप्काका जिम्मेवार मानिसहरु लाग्नुपर्दछ । त्यसैले सरकार या त अपराधी उम्कनै नसक्ने बलियो कानुन बनाउँ या हरेक महिलाको सुरक्षाको ग्यारेन्टी देउ अब त अति भएन र ?

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार ०२:२०