सूचनाको शक्ति - The Power Of Information

        

बन्दले जनजीवन प्रभावित, शैक्षिक संस्था पूर्णरुपले ठप्प

बाँके । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बाँकेका सामुदायिक तथा नीजि विद्यालयहरु पूर्णरुपले ठप्प भएका छन् ।
यातायातका साधनहरु फाट्टफुट्ट चले पनि लामो तथा छोटो दुरीका सवारीसाधन भने चल्न सकेका छैनन् । तर प्रहरीले बाहिरबाट जिल्ला भित्रिने सवारीलाई स्कटिङ्ग गरेर गन्तव्यमा पु¥याइरहेको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको पूर्वी सिमाना शिवखोलासम्म दाङ्ग प्रहरी र त्यहाँबाट नेपालगन्जसम्म बाँके प्रहरीले स्कटिङ्ग गरिरहेको छ । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
बन्दका कारण केही उद्योगहरु सञ्चालनमा आए पनि अधिकांश उद्योग कलकारखाना सञ्चालनमा आएका छैनन् । चन्दा आतंक फैलाएको भन्दै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले बन्द लगायतका विरोधका कार्यक्रम गरिरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार ०५:५८