रेनुका गिरी । बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पास सम्बन्धी सेवा वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ । प्राविधिक टोली खटाएर नगरपालिकाले वडा कार्यालयमा नक्सा पास अभियान सञ्चालन गरेको हो ।
वडा नं. १४ बाट सुरु गरिएको यो अभियान सबै वडा कार्यालयमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नगरबासीको सुविधाका लागि पुराना घरको नक्सा पास सम्बन्धी सेवा अभियान सञ्चालन अवधिभर वडा कार्यालयबाटैं प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले बताए ।
नगरपालिकाले सञ्चालन गरेको अभियानबाट विगतमा घर बनाए पनि नक्सा पास नगरेका वा घर बनाएर सम्पन्नताको प्रमाण पत्र नलिएका तर प्रक्रियामा रहेका नगरबासीहरु लाभान्वित हुनेछन् । यस अभियानबाट प्रक्रियामा रहेका झण्डै ८० प्रतिशत घरको नक्सा पास सम्पन्न हुने ईञ्जिनियर मनिष खनालले बताए ।
।