बाँके । बाँकेको राप्तीपारीबाट दैनिक ठूलो मात्रामा डिजेल भारततर्फ तस्करी हुने गरेको पाइएको छ । भारतमा भन्दा नेपालमा डिजेल सस्तो रहेकाले तस्करहरुले ठूलो मात्रामा डिजेल भारत पु¥याइरहेको पाइएको हो । नरैनापुर गाउँपालिकाका विभिन्न नाकाबाट तस्करले डिजेल भारत पु¥याइरहेका हुन् । भारतबाट नै ल्याउने पेट्रोलियम पदार्थ डिजेल नेपालमा सस्तो हुँदा नाकाका तस्करले पु¥याउने गर्दछन् । नेपालमा अभाव हुँदा त्यही तस्करले यता ल्याउने गरेको पाइन्छ । खुल्ला सीमाको फाइदा तस्करहरुले लिइरहेका छन् । राप्तीपारीको नाकाबाट ठूलो मात्रामा डिजेल भारततर्फ तस्करी भइरहेको व्यापक गुनासो आएपछि प्रहरी प्रशासनले छोटी नाकाहरुमा कडाई थालेको छ । गएराती प्रहरीले १६० लिटर डिजेलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
मटेहियाका मनोजकुमार यादव, हिरालाल यादव र जीतमान राढलाई प्रहरीले डिजेलसहित पक्राउ गरेको हो । भारतबाट नै प्रायः सामान तस्करी हुने गर्दछ । दुई देशमा आवतजावत सहज रहेकाले तस्करीले यता र उता पाइने सामानको मूल्यमा फरक पाउने बित्तिकै तस्करी गर्ने गर्दछन् । पछिल्लो समयमा भारतबाट कटुवा पेस्तोल, ब्राउनसुगर, कुखुराको चल्ला नेपाल भित्रिरहदा यताबाट चरेश, जडीबुटीहरु जाने गरेको पाइन्छ । यसैबीच, प्रहरीले एक हजार ९७० वटा कुखुराको चल्लासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चल्ला र मान्छे क्वारेन्टाइनमा बुझाएको छ । क्वारेन्टाइनले प्रतिव्यक्ति नौ हजार तिराएर छोडेको बुझिएको छ ।
।