सूचनाको शक्ति - The Power Of Information

        

स्वयंसेवी रक्तदाताको संख्या बढेसँगै रगत अभावमा कमी, एकैदिन ३९ जनाले गरे रक्तदान


बाँके । बाँके जिल्लामा रक्तदाता स्वयंसेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि कम हुँदै गएको छ । नेपाल रेडक्रसको नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयम्सेवकको रहेको छ ।
रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको संख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गरेको छ । जिल्लामा रक्त संकलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौंतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीको भनाइ छ ।
स्वयंसेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत संघ, संगठनले समय—समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पु¥याएको उनको भनाइ छ । रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि थालिएको छ ।


रेडक्रस, बाँकेका अध्यक्ष गोवद्र्धन सिंहका अनुसार संकलित रगतमध्ये सबैभन्दा बढी गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा प्रयोग हुने गरेको छ । यसैबीच, नेपालगन्जबाट प्रकाशित हुँदै आएको जनमत अर्धसाप्ताहिक पत्रिकाले आयोजना गरेको रक्दान कार्यक्रममा तीन महिलासहित ३९ जनाले रक्तदान गरेका छन् ।
उत्कृष्ट महिला रक्तदाता सरिता ज्ञवालीले एक पिन्ट रगत दिएर शुभारम्भ भएको रक्तदान कार्यक्रममा रक्तदान पत्रकार झलक गैरे, काशीराम शर्मा, भगतराम थारु, रविन्द्र घिमिरे, सतिश शर्मा, सुभाष सुवेदी, भिमबहादुर भण्डारी, कृष्णसार एफएमका प्रमोद डिजी, वरिष्ठ प्राविधिक योगराज चौधरी (योगेश), मेघराज जिएम लगायतले रक्तदान गरेका थिए ।
आर्शीवाद पेन्ट्स प्रालि, नेपालगन्जको सहकार्यमा गरिएको रक्तदान कार्यक्रम गरिएको हो । नेपालगन्जबाट प्रकाशित हुँदै आइरहेको जनमत अर्धसाप्ताहिक पत्रिकाले हरेक तीन महिनामा गर्दै आएको रक्तदान कार्यक्रमको यो ३९ औं श्रृङ्खला हो । कार्यक्रममा पत्रकार, कलाकार, व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, रेडियोकर्मी, कर्मचारी लगायतले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार ११:१६