सूचनाको शक्ति - The Power Of Information

        

कल वाइपास गरेको अभियोगमा एक जना पक्राउ

रेनुका गिरी । बुटवल । कल वाइपास गरेको अभियोगमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका वडा नं. ८ झुलेनीपुरका २८ वर्षीय रामप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आफ्नै घरमा कल वाइपास गरिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताए । प्रहरीले न्यौपानेको घरबाट कल वाइपासमा प्रयोगहरु सामानहरु ६४ पोर्टको भिओआइपी गेटवे एक थान, त्यसको चार्जर एक थान, टिपी लिङ्क राउटर एक थान, लेनोभो कम्पनीको ल्यापटप एकथान, त्यसको चार्जर, नोकिया कम्पनीको १३० मोडलको मोवाई बरामद गरेको छ ।
त्यस्तै प्रहरीले स्यामसुङ् कम्पनीको ड्युज मोवाईल, केही थान एनटीसी, एनसेल र स्मार्ट सेलका सिमकार्डहरु पनि बरामद गरेको छ । न्यौपानेले पाकिस्तान र टर्कीमा कनेक्सन गरेर कल वाईपास गरिरहेको भेटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको कल वाइपास गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ०७:२२