सूचनाको शक्ति - The Power Of Information

        

जोखिमपूर्ण रुपमा भारत लैजान लागेका १६ बालकको उद्धार

बाँके । जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ ।
नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको छ । रोजगारीका लागि उत्तराखण्ड लगिरहेको अवस्थामा चेकजाँचका क्रममा थाहा पाएर उनीहरुलाई उद्धार गरिएको हो ।
यसैगरी मानव तस्करीको आरोपमा एसएसबीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णबहादुर नेपाली, अम्बरलाल, चेतबहादुर, तुलबहादुर, मानबहादुर र लल्लु विक रहेका छन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि बाँके प्रहरीलाई बुझाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ११:३६