वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीका लागि अर्को महित्वको महिना हो । झरीमा रुझ्दै हिँड्दा छुट्टै आनन्द अनुभूति हुन्छ । प्रेम जोडीमा नयाँ उमंग छाउँछ । यसबेला हासेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगिन्ति भाव रहेका छन् । विवाहितहरु आफ्नो सुहाग यथावत् रहोस् भन्ने चाहना अनुसार र सन्तान भएकाहरु उनीहरुको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछ भने अविवाहितहरु असल श्रीमान पाऊ भनेर व्रत बस्ने गर्छन् ।
साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ । प्राकृतिक रुपमा पनि हरियो महिना हो, साउन । वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् ।
अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहन्दी लगाउँछन् । तर, यो चलन कहिलेबाट आयो र किन साउनमै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ । हिन्दू धर्मग्रन्थका अनुसार ‘साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।’
प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्यभन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।
वर्षा, प्रेम र झरीको सँगम साउन महिना, महिलाका लागि विशेष महिना । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दीमात्र होइन, विवाहितदेखि अविवाहित महिलासम्म सोमबार व्रत बस्ने गर्दछन् । हरेक वर्ष आउने साउन महिना महिलाका लागि विशेष हुने गर्छ । धार्मिक, तथा सांस्कृतिक मान्यता अनुसार साउन महिनालाई महत्वपूर्ण मानिन्छ । हरिया चुरा, पहेलो वस्त्र, हातमा गाढा मेहन्दी त्यसमाथि हरिया पहिरनलाई महिलाको विशेष चाडको रुपमा लिन सकिन्छ । असारमा खेत रोपाइँमा व्यस्त हुने महिलले यस समयमा आपसमा खुसीयाली साटफेर गर्ने मौका पाउँछन् ।
साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । शिवजीको पूजा–आरधना गर्दा महिलालाई असल श्रीमान् प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । साउन महिनामा बढी वर्षा हुने, झरी पर्ने र किटाणुको संक्रमण हुने हुँदा तुलो फाल्ने चलन पनि छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु, लसुन एवं उत्तेजित हुने खाना खानु हुँदैन । यही मान्यता अनुसार नेपाली महिलाले पनि साउन महिनालाई विशेष चाडका रुपमा मनाउन थालेका हुन् । साउन महिनामा विशेष गरी शिवको पूरा गरिन्छ । अझ बढी साउन महिनाको सोमबार महिलाका लागि विशेष हुने गर्दछ ।
सोमबार शिवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछन् । वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीका लागि अर्को महित्वको महिना हो । झरीमा रुझदै हिँड्दा छुट्टै आनन्द अनुभूति हुन्छ । प्रेम जोडीमा नयाँ उमंग छाउँछ । यसबेला हासेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगिन्ति भाव रहेका छन् । विवाहितहरु आफ्नो सुहाग यथावत् रहोस् भन्ने चाहना अनुसार र सन्तान भएकाहरु उनीहरुको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछ भने अविवाहितहरु असल श्रीमान पाऊ भनेर व्रत बस्ने गर्छन् ।
साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुस्टि पनि गरेका छन् । मेहेन्दीले पनि स्वास्थमा फाइदा पु¥याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायन युक्त मेहेन्दीले भने यस्ता फाइदा पु¥याउँदैनन् ।
साउनमा हरियो चुरा लगाउनाले श्रीमानको आयु बढ्छ त ? साउन महिना लगाउने हो भने श्रीमानको आयु बढ्छ रे ! जब साउन लाग्छ यो शब्द सुन्न पाइन्छ, निकै आश्चर्य लाग्छ । श्रीमानको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै हरियो, पहलो चुरा र मेहेन्दी लगाएकी हुँ,’ महेन्द्र पुलमा मेहेन्दी लगाउँदै गर्दा भेटिएकी सविता थापा भन्छिन्, ‘श्रीमानको सुस्वास्थ्य अनि दिर्घायु होस् भन्ने कामना गरेर लगाउँछु ।’ मेहन्दी र हरियो चुरा सानोमा सबैले लगाएको देखेर रहरले लगाउने गरेको उनले बताइन् ।
‘अहिले साउन महिनामा हरियो चुरा, मेहेन्दी, हरियो लुगा लगाउँदा भगवान शिब खुसी हुन्छन् र राम्रो वर पाइन्छ भनेर लगाउन मन लाग्छ,’ चिप्ले ढुङामा पसलमा चुरा लगाउदै गरेकी अस्मिता थापा भन्छिन् । उनलाई पनि असल जीवन साथी पाइन्छ भन्ने धार्मिक विश्वास छ, साउनमा हरियो र पहेलो रङ्गमा सजिन मन लाग्छ । बिवाहित महिला मात्रै होइनन् स्कुल, कलेज पढ्ने युवतीहरु पनि हातभरी चुरा र मेहेन्दीमा सजिएका देखिन्छन् ।
पछिल्लो समय युवतीहरुमा पनि यो फेसन निकै लोकप्रिय बन्दै गएको छ । पोखराको महेन्द्र पुलमा चुरा पसलमा भेटिएका केहि महिला भन्छन्, ‘साउन महिनामा मेहेन्दी नलगाइ बस्दा के बिर्से बिर्से जस्तो हुन्छ ।’ हरियो चुरा हातमा टम्म लगाएकी राधा शर्मा भन्छिन्, ‘यसो गर्नाले श्रीमानले धेरै माया गर्छन रे त ।’ धार्मिक विश्वासका कारण होस् वा फेसनका रुपमा होस्, अरुको देखासिकीले होस वा रहरले साउन महिनामा पोखराका कस्मेटिक पसलमा महिलाको घुइचो देख्न सकिन्छ । साउन महिना सुरु भएसँगै पोखराको फुटपाथ, सुपर मार्केट, मठ, मन्दिर वरपर अनि ब्युटी पार्लरमा हातमा मेहेन्दी र चुरा लगाउनेको निकै ठुलो भिडभाड हुन्छ ।
साउन महिना सुरु हुने केहिदिन अघिदेखि नै मेहेन्दी र चुरा लगाउन आउने युवती तथा बिवाहित महिला दुबैको संख्या निकै बढेको देखियो । यस महिनामा मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसनजस्तै भएको पनि थुपै्र साल भैसक्यो । हरियो चुरा र मेहन्दी लगाउनेको संख्या हरेक वर्ष बढिरहेको छ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउदाले श्रीमानको आयु बढ्नेमा बिश्वास गरिन्छ । पहिले धर्म संस्कृति मान्ने हिन्दु महिलाहरुमा मात्र सीमित यो प्रचलन अहिले शहर हुँदै गाँउमा पनि फैलिएको छ ।
पहिले गाउँघरमा मेहन्दी पाइँदैन्थ्यो र साउन तिउरी लगाउने चलन थियो । गाँउमा महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात थिचेर हत्केला दल्थे भने पछिल्लो समय तिउरेको ठाउँ मेहन्दीले लिएको छ । मेहन्दी र चुरापोतेको ब्यावसाय गर्नेलाई पनि यस महिनामा भ्याईनभ्याई हुन्छ । महिलाको सौन्दर्य साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा ।
हरेक संस्कृतिमा महिला सुन्दरताको कुरा गरिएको पाइन्छ । एकजनाले लगाएको देखेपछि अर्कोलाई पनि लगाउन मन लाग्छ । त्यसैले प्राय संस्कृति र परम्परा नबुझीकन लहलहैमा लगाउने गरेको देखिन्छ । साउनमा हरियो चुरा पोते लगाएर बस्ने श्रीमानको लामो आयुको कामना गर्छन् । जब प्रश्न उठ्छ, व्रत केको लागि ? तब भनिन्छ अविवाहिताका लागी, राम्रो वर पाउन यस्तै गरि विवाहिताका र, श्रीमानको दीर्घायुको लागि भन्ने उत्तर आउँछ ।
तर हरेक सोमबार मन्दिरको त्यो लाइनमा किन कुनै पुरुष आफनो श्रीमती या हुनेवालीका लागि कामना गर्न व्रत बस्दैनन् हरियो चुरा, पोते, मेहेन्दी सजिएर व्रत बस्नाले श्रीमानको आयूको कामना गर्ने हरेक पुरुषको आयु लामो हुन्छ त ? जुन महिलाले श्रीमान गुमाएका छन् ति महिलाले व्रत नबसेको कारणले नै श्रीमान गुमाएका हुन त ? श्रीमतीले श्रीमानको आयू बढोस् भनि व्रत बस्दै गर्दा श्रीमतीले श्रीमानको आयु बढोस् भनेर किन व्रत बस्दैनन् ? एउटा अविवाहित केटीले राम्रो वर पाइयोस् भनि व्रत बस्दै गर्दा, एउटा केटोले राम्रो बधु पाइयोस भनि व्रत किन नबस्ने ?
किनकी हाम्रो समाजमा पुरुषलाइ महान ठान्छ महिलालाइ दोस्रो दर्जाको रुपमा हेर्छ श्रीमानको आयुले उसको श्रीमतीको रुपरंगहरु देखाउने गर्छ यदि श्रीमानको आयु छोटो भयो भने, जिन्दगी श्रीमतीले बेरंग जीवन जिउनु पर्छ तर श्रीमतीको आयुले श्रीमानको आयुमा ठूलो असर पारेको हुदैन् श्रीमतीको छोटो आयु भएपनि उसलाइ कुनै फरक प्रदैन् उसले आफ्नो बाँकी जीवन दोस्री,तेस्री श्रीमती ल्याएर बिताउछ । हाम्रो समाज यिनै सोचमा जक्डिएको छ, जहाँ समाजले महिलामा डर पैदा गराइ निरीह बनाउछ दिनभरी पानीको थोपा समेत मुखमा नहाली बसेको ब्रतको दिनमा ,श्रीमानको पैतालाको जल खाना सिकाउने हाम्रो समाजले श्रीमानलाई सधै भगवानको र श्रीमतीलाई सधै उसको भक्त दर्जा दिएको छ ।
महिला आफु नै जीवन मरणका्े सर्घष पार गरेर आमा बनेकी हुन्छे उसको आयूको कामना कसले गर्ने ? तर आफनै लामो आयुको लागि शरीरलाई कस्ट दिएर ब्रत बसेकी श्रीमतीलाई आफ्नो पैतालाको पानी खान दिने श्रीमान कस्तो ? यस्तो छ साउने संस्कृतिको महिमा साउन प्राकृतिक रुपले पनि हरियाली महिना हो । पौराणिक मान्यताअनुसार साउन महिनालाइ महादेव शिवजीको महिनाका रुपमा लिइन्छ । शिवजीलाई मन पर्ने रड हरियो रातो पहेलो लगाउदा शिवजी प्रशन्न हुने र मनले आँटे ताकेको पुग्ने बिश्वास गरिन्छ ।
साउन महिना शुरु भएसँगै भारतीय परम्परा नेपालमा पनि भित्रीएको छ नेपाली महिला पनि हरियो चूरा पोते हातमा मेहेन्दी गलामा हरियो रातो पोते हरियो पहेलो पहिरनमा बेहुली जस्तै सज्जिएका देखिन्छन् । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गरिन्छ तर कुनै पनि शास्त्रमा लेखेको भेटिएको छैन् कि साउनमा यि बस्तुको प्रयोगले श्रीमानको आयु बढ्छ । साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ संस्कृतिविदहरु भन्छन् शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’
साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो समिश्रण गरी लगाउने चलन बसेको हो’ साउनमा महिलाहरुले निकै मन पराउने मेहन्दी नेपालमा बन्दैन । मेहन्दी लगाउने परम्परा सुरु भएको भारतबाटै यहाँसम्म आइपुग्छ । त्यहाँको उत्पादनले यहाँ बजार पाएको छ । चुरा पनि धेरैजसो भारतबाटै भित्रिने गरेको व्यापारीहरु बताउँछन् । मेहेन्दी, हरियो चुरा, पोते अनि बस्त्रमा सजिदा आकर्षण बढ्छ, जसले गर्दा श्रीमान–श्रीमतीबीचको सम्बन्ध झनै सुमधुर हुने मान्यतासमेत रहिआएको छ ।
यो मौषममा हरियो बस्त्र लगाउदा शरीरलाई लाभ गर्छ । हरियो रङ्गले सुन्दरतासँगै स्वास्थ्यमा लाभ हुने बिश्वास रही आएको छ शिबजीलाई बेलपत्र, दुवो चढाउछौं, हरियो नै हुन्छ, शिबजीको प्रिय रङ्ग हरियो भएकाले पनि साउनमा यसको प्रयोग बढेको हो । साउन महिनामा प्रकृति पनि हरियो हुन्छ, मौसम अनुकुल पनि साउन महिनामा शरीरलाई हरियो रङ्ग उपयुक्त मानिन्छ । श्रीमती भोको पेट बसेर हरियो चुरा पोते लगाएर श्रीमानको आयु लम्बिने कुरा धार्मिक र मानवीय दुवै रुपले गलत हो । किनकि यो कुरामा अन्धविश्वास बाहेक न त तर्क छ न त प्रमाण नै । असल श्रीमान पाउँछु भनेर व्रत बस्नु अथवा श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्नु हामी महिलाहरू कमजोर र परनिर्भर छौं भनेर साबित गर्नुमात्रै हो ।
हरियो चुरा र पोतले श्रीमानको आयु बढने होइन् वल्कि उसले आफनो आयू पहिले नै लिएर आएका हुन्छन् । न त त्यो कुनै व्रत चुरा पोते लागएर बढाउछ न त नलगाएर घटछ् त्यसैले अरुको संस्कृति वा अन्ध बिश्वासमा नलागौ, सुन्दरताको लागी लगाइने यि सामाग्रीलाइ महिलाको सौन्दर्यताको प्रतिकको रुपमा लिने गरौं, न कि श्रीमानको आयु, कारकाप र बाध्यता नबनाउ । किनकी यसको मनपरी उपयोग ले केहि ब्यापारी फस्टाए पनि करौडौ पैसा बिदेशिएको छ । हिजोआज हरियो चुरा, हरियै रङका कपडा तथा मेहन्दीहरूको व्यापार बढेको छ ।
कष्मेटिक पसलहरूमा भीड लाग्नुको मुख्य कारण भनेको अरूको सिको गर्नु हो । धर्मकर्ममा विश्वासभन्दा पनि फेसनकै आधारमा युवतीहरू पछि लागेकाले पनि यसको व्यापार बढेको देखिन्छ । पछिल्लो समयमा फेसनले गर्दा चाडवाड र संस्कृतिहरू जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नुपर्छ भन्नेहरूको पनि कमी छैन । हाम्रा सांस्कृतिक धरोहरहरूलाई जोगाइ राख्न के युवा के युवती वा वृद्ध वृद्धाहरू नै किन नहुन, सबै लागि परे हाम्रो देश सधैँभरि सांस्कृतिक र धार्मिक सम्पदामा धनी भइरहनेछ । धर्म संस्कृतिको नाममा विकृत्ति फैलाउने र भड्किलो किसिमले चाडपर्व मनाउने प्रवृत्तिलाई प्रश्रय नदिई आफ्नो संस्कृतिको जगेर्ना गर्ने र आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नका लागि हामी सबैको भूमिका उत्तिकै हुनुपर्छ ।
Design : Aarush Creation
।