सूचनाको शक्ति - The Power Of Information

        

कृषि फर्ममा आगलागी लाखौँको क्षति

दाङ । दाङ्गको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिए ।
आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झण्डै रु नौ लाखको क्षति भएको सञ्चालक कमलापुरी बताए । तुल्सीपुर–८, अश्वारामा रहेको कृषि फर्मले केही महिनादेखि विभिन्न परिकारका चिप्स तथा नमकिन उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार ०१:१९