सूचनाको शक्ति - The Power Of Information

        

पुन निर्माण सकिएसँगै यातायात सञ्चालनमा सहज


छिन्चु–जाजरकोट सडकखण्ड अन्तरगत सुर्खेत–जाजरकोट सिमाना छेडा खोलामा निर्माण सम्पन्न भएको पक्की पुल । पुल निर्माणसँगै सो क्षेत्रमा यातायात सञ्चालनमा थप सहजता आएको छ । यसअघि नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज विस्तारै जीण बन्दै गएको र कुल २५ टन मात्र क्षमता भएका कारण सो भन्दा माथि तौल भएका यातायातका साधन सञ्चालनमा कठिनाई हुँदै आएको थियो । अब भने जुनसुकै तौल क्षमताका गाडीहरु सहजै आवतजावत गर्न सक्ने छन् । तस्वीर : काशीराम शर्मा/सुर्खेत

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार ०४:४०