सूचनाको शक्ति - The Power Of Information

        

देशभरका ४९ जना विद्यार्थीलाई क्यानले १.८३ लाखको छात्रवृत्ति दिँदै


बाँके । कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले देशभरका ४९ जना छात्रछात्रालाई नेशनल आइसिटी स्कलरसिप–२०७५ अन्तरगत विभिन्न छात्रवृत्ति प्रदान गर्ने भएको छ । जसअनुसार क्यानले छात्रवृत्तिमा रु.१ करोड ८३ लाख ३६ हजार ५०० रुपैयाँ खर्च गर्नेछ ।
क्यानका बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले ग्रामीण क्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पुर्याउन आवश्यक रहेकोले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको बताए । प्राविधिक तर्फको छात्रवृत्तिमा ग्रामिण क्षेत्रका गरीव, जेहेन्दार विद्यार्थीलाई बढि भन्दा बढि सहभागि गराइने उनले बताए ।
क्यानले छात्रवृत्तिका विषयमा जानकारी दिन शनिवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष कुवँरले ग्रामीण क्षेत्रका विद्यार्थीलाई धेरैभन्दा धेरै लाभ होस् भन्ने उद्देश्यसहित काम गरिरहेको बताए । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका अध्यक्ष पंकज जलानले बिश्वकै उत्कृष्ट सूचना प्रविधि कलेजमा पढ्न पाउने सपना पुरा गर्न लागिएको बताए ।
उनले सूचना प्रविधिमा देशलाई सम्पन्न बनाउन छात्रवृत्तिले महत्वपूर्ण भूमिका खेल्ने पनि जनाए । ‘ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुर्याउन हाम्रो अभियानले टेवा पु¥याउने छ,’ अध्यक्ष जलानले भने । क्यान महासंघ प्रदेश ५ का अध्यक्ष सुदिप शर्माले प्रदेशमा बिभिन्न छनौट समितिको संयोजनमा पारदर्शी तरिकाले छात्रवृत्ति छनौट हुने बताए ।
फिमेल मेरिट आइसिटी छात्रवृत्तिबाट चार जना, आइसिटी मेरिट छात्रवृत्तिबाट तीनजना गरी प्रत्येक प्रदेशबाट ७ जनालाई छात्रवृत्ति दिइनेछ । पत्रकार सम्मेलनमा क्यान महासंघका केन्द्रीय सदस्य ईश्वर पोख्रेल, पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय थापा, नेपाल पत्रकार महासंघका प्रदेश महासचिव भेषराज बस्नेत, जिल्ला अध्यक्ष भोजराज तिमिल्सेना लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २४ असार २०७५, आइतवार ०१:४१