सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० असोज ५ गते शुक्रवारको राशिफल

२०८० असोज ५ गते शुक्रवार, २२ सेप्टेम्बर २०२३ । भाद्र शुक्लपक्ष सप्तमी तिथि, ९ः०५ बजेपछि अष्टमी । ज्येष्ठा नक्षत्र, १२ः२९ बजेपछि मूला । चन्द्रराशि वृश्चिक, १२ः२९ बजेपछि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । दिउँसोतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अर्थहानि हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । दिउँसोदेखि व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट पनि फाइदा उठाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम बन्नाले दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ । पेसा–व्यवसायतर्फ मनग्य फाइदा उठाउन सकिने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूलाई दिएको वचन पूरा गर्न नसक्दा मन खिन्न रहला । बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ । अध्ययनको नतिजा राम्रो आउनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ । काममा शुभचिन्तकहरूको सहयोग जुट्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ काम र व्यापारमा बिहानको समय अनुकूल रहनेछ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुनेछ । दिउँसोदेखि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने समय छ । अरूको विवाद मिलाउन अघि नसर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनमा प्रगति हुनेछ । लेखन कला र अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ । लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । दिउँसोतिर वादविवादमा परिने सम्भावना देखिएकाले कम बोल्नु राम्रो हुनेछ । ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोदेखि केही अवसर प्राप्त हुनेछन् तर काम रोकिन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर दिउँसोदेखि आर्थिक समस्याले अलि दुःख पाइनेछ । खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सानो काममा बढी रकम बाहिरिन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । दिउँसोदेखि अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । अवसर आए पनि जिम्मेवारी सम्हाल्न बाधा पर्नेछ । उठ्नुपर्ने रकम पनि अड्किन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

भाग्योन्नतिको समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । एउटै कामबाट दोहोरो फाइदा उठाउन सकिनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ । विशेष कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार ०७:५०