काठमाडौं महानगरपालिकाले आफैँ असईको फुली लगाउने नगर प्रहरीका ४२ जना हवल्दार निलम्बन गरेको छ।
गत असार २५ मा कामपाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।
ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि कामपाले कारबाहीस्वरुप निलम्बन गरेको हो ।
कामपाका अनुसार उनीहरु बढुवा भएर असई नभएको जनाएको छ ।
बुधबार उनीहरुलेअनुशासन विपरीत काम गरेको अभियोगमा सबै हवल्दारहरु निलम्बन गरेको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।
सत्यपाटी संवाददाता । काठमाडौँ