सूचनाको शक्ति - The Power Of Information

        

एक सातामै बाढीपहिरोले २६ को ज्यान लियो, २ जना बेपत्ता


काठमाडौं । देशका विभिन्न ठाउँमा असार १५ देखि २० गतेसम्म बाढी र पहिरोमा परी २६ जनाको मृत्यु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढीपहिरोले पुर्याएको क्षतिको विवरण दिँदै १५ गतेयता २६ जनाको मृत्यु भएको जानकारी दिए । बाढीमा परी २ जना बेपत्ता भएका छन् भने झन्डै एक दर्जन घाइते भएका छन् ।
गृहमन्त्रीले दिएको जानकारी अनुसार, बाँकेमा ४ जना, रोल्पामा ३, सिन्धुली, तनहुँ, पर्सा र मकवानपुरका २÷२ जना, चितवन, काठमाडौं, उदयपुर, सिरहा, बारा, महोत्तरी, दाङ, बर्दिया र कैलालीमा १र१ जनाको मृत्यु भएको छ । गृहमन्त्री थापाले बाढी प्रभावित स्थानहरुमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको पनि जानकारी दिए ।
उनले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक बसिरहेको र आवश्यक पूर्वतयारी भइरहेको जानकारी दिए । उनले बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरी जोखिमयुक्त स्थान पहिचान गेर राहत सामग्री पु¥याउने काम भइरहेको बताए ।
गृहमन्त्रीले सेना, प्रहरी र सम्बन्धित निकायलाई र केन्द्रको युनिटलाई २४सै घन्टा सतर्क अवस्थामा राखिएको बताए । उनले पहिरोका कारण अवरुद्ध सडक खोल्नका लागि आवश्यक उपकरणको व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार १२:५२