सूचनाको शक्ति - The Power Of Information

        

जी-२० मा सम्मेलन बाँदर धपाउन खटिएका थिए कर्मचारी

युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० सम्मेलन हिजो सकिएको छ । भारतमा आयोजित सम्मेलन भर अतिथिहरूको आवास गृह तथा अन्य स्थानमा बाँदरले आतङ्क नमचाओस भनेर बाँदर भगाउन मानिसहरू खटाइएको थियो ।

बाँदर भगाउन लङ्गुरको आवाज निकाल्ने डमी राखिएको थियो । लङ्गुरको आवाजबाट बाँदर डराउने भएकाले सो उपाय लगाइएको थियो । त्यसमा ४२ वर्ष गुल खान बाँदर धपाउने काममा लागेका थिए । उनी २३ वर्षदेखि दिल्लीमा बाँदरलाई निर्मूल पार्ने काम गरिरहेका छन् ।

जी–२० शिखर सम्मेलनमा पनि उनले सोही जिम्मेवारी पाएका थिए । शिखर सम्मेलन स्थल प्रगति मैदान वरपरको इण्डिया गेट, लाल किल्ला, दत्तवा पथ लगायतका क्षेत्रमा धेरै बाँदरहरू छन् । जी–२० शिखर सम्मेलनको समयान्तर मन्तर, संसद भवन, इन्डिया गेट, लाल किल्ला, चाणक्य पुरी वरपर रहेका बाँदर धपाइएको थियो ।

सबै प्रमुख मन्त्रालयहरू, सरकारी विभागहरू र भिभिआइपीहरूको घरहरू यी क्षेत्रमा छन् । क्षेत्र अनुसार एकदेखि तीन जना बाँदर धपाउन मानिसहरू तैनाथ गरिएको थियो । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ड्युटी समय तोकिएको थियो । सरकारले उनीहरूलाई मासिक २० हजार भारतीय रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ ।

आवास र शहरी विकास मन्त्रीले सरकारी भवनहरू बरपारि ४० जना यस्ता व्यक्तिहरू काम गरिरहेको बताएका थिए । उनीहरूले लङ्गुरको आवाज निकालेर बाँदरलाई भगाउँछन् । यदि यो विधिले काम गरेन भने अधिकारीहरूले रबर बुलेट प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १०:१३